close

को हुन्, संस्कृतिविद् एवं वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशी ? ​​​​​​

को हुन्, संस्कृतिविद् एवं वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशी ? ​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । संस्कृतिविद् एवं वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्म २०७७ साल वैशाख ३० गते ललितपुरमा भएको थियो । उनको पिता शंकरराज जोशी र आमा नोगलदेवी हुन् । त्रिचन्द्र कलेजबाट उनले विएसम्म अध्ययन गरेका थिए । 

सत्यमोहन नेपालमा सर्वाधिक तीनपटक मदन पुरस्कार प्राप्त गर्ने एक मात्र व्यक्ति  हुन् ।

जोशीले विसं २०१३, २०१७ र २०२८ मा मदन पुरस्कार प्राप्त गरेका थिए । उनको ‘हाम्रो लोक संस्कृती’ पुस्तकले पहिलोपटक मदन पुरस्कार पाएको थियो ।  यस्तै उनले सुप्रबल गोरखा दक्षिण बाहु, आदिकवि भानुभक्त पुरस्कार, विसं २०६८ मा पद्‌मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए । 

सत्यमोहन विसं २०१६ सालमा स्थापना भएको पुरातत्त्व तथा संस्कृति विभागको पहिलो निर्देशकसमेत हुन् । 

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट सत्य मोहन जोशीको तस्वीर अंकित चाँदीको सिक्का पनि निष्कासन समेत गरेको छ ।