close

प्रमुख प्रशासकीय अधिकृत शर्माले ‘लिलू’ को सफलतापछि ल्याए आस्था

प्रमुख प्रशासकीय अधिकृत शर्माले ‘लिलू’ को सफलतापछि ल्याए आस्था

Trulli
ADVERTISEMENT

काठमाडाैं । पेशाले निजामती कर्मचारी । कर्म क्षेत्र स्थानीय तह । सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाको साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् लक्ष्मी शर्मा । एलपी शर्माका नामले साहित्यिक क्षेत्रमा चिनिने शर्माको परिचय पनि जागीरसँगै केही फेरिएको छ ।

सधै कार्यालयको काममा ब्यस्त हुनुपर्ने कार्यालय प्रमुख कसरी साहित्य श्रृजना र कला क्षेत्र तिर तान्नीन सक्लान् त भनेर तपाई हामी सबैका मनमा उब्जनु स्वभाविक नै हो । तर एलपी शर्माले आफ्नो करिअर र कला साहित्यलाई सँगसँगै अघि बढाइरहेका छन् । 

सामाजिक संजालमा अमर दिप शर्माका नामले जोडिएका एलपी भलिबलका उत्कृष्ठ खेलाडी समेत हुन् । सानैदेखि तीक्ष्ण बुद्धि भएका र मिलनसार एलपीले निजामती सेवामा प्रवेश गर्नु भन्दा पहिले नै थुप्रै साहित्यका श्रृजनाहरू गरिसकेका छन् । उनको फेसबुकमा जोडीएकाहरुका लागि त शर्माले दैनिक जसो समय, परिवेश र परिस्थति अनुरुपका मुक्तक, गीत, गजल पस्कँदै आउने गरेका छन् ।

रह्यो प्रसंग लिलुको । सुदूरपश्चिम र कर्णालीको छाउपडी प्रथाको कथामा आधारित ‘लिलू’ बोलको गीतले उल्लेख्य सफलता हात पारेको छ । पाँच महिना अघि सार्वजनिक भएको उक्त म्यूजिक भिडिओले युट्युवमा १ मिलियन बढि भ्यूज पाएको छ । 

भिडियो र गीतसँगै गीतमा जोडिएका शब्दले पनि राम्रो प्रतिक्रिया पाउँदा रचनाकार गौरव गिरी र एलपी शर्मा दङ्ग छन् । भिडियोका निर्माता समेत रहेका एलपीले सामाजिक विषयवस्तुमा बनेको ‘लीलू’ ले हालसम्म पनि विधमान पश्चिमेली समाजको यथार्थ कथा बोल्ने भन्दै सामाजिक चेतनामूलक भिडियो बनाउन पाउँदा आफु खुशी रहेको बताए ।

उनले आफुले नजिकबाट नियालेको विषयवस्तुलाई जस्ताको तस्तै भिडियोमा उतार्न पाउँदा खुशी लागेको बताए । त्यसैले त लिलुका कलाकारहरु र सबै टिमलाई सम्मानको कार्यक्रम पनि भयाे। 

यसैबीच काठमाडाैंमा एक कार्यक्रमका साथ गायक रवि शर्मा र अनु चौधरीको स्वरमा रहेको नयाँ गीत ‘आस्था’ सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा रचनाकार शर्मा आफै अभिनयमा जोडिएका छन् भने उनको साथमा सुप्रिया बम ठकुरी, खुशी भट्टराई, मुकेश सुनार र विमल चौधरीलाई देख्न सकिन्छ । रवी शर्माको शब्दमा तयार गीतमा वसन्त कुवंरको छायांकन र वलवहादुर कुवंरको सम्पादन छ ।

सुदुरमै जन्मिएका र सुदूरका आमा दिदी बहिनी र चेलीहरूले भोगेको छाउप्रथासंग जोडिएका बिभिन्न कथा बस्तु प्रस्तुत गरीएको लिलुको सफलताले हौसिएका शर्माले आस्थामा आफै अभिनय गरेका हुन् । 

आस्था सार्वजनिकिकरण कार्यक्रममा लिलुका वरिष्ठ कलाकार मिथिला शर्माले गायिका रेखा जोशी, निर्देशक गौरव गिरी, गायिका गौरी भट्ट, गायिका पुजा देवकोटा, मोडल रोशनी कार्की, कलाकार भद्र जंग कुवँर, गायक रोहित देउवाको साथमा टिम मेम्बर इस्वु संजाल, मुकेश सुनार र पशुपति कुवंरलाई सम्मान गरिन् ।

सुदुरपश्चिम र मध्यपश्चिममा छाउपडी प्रथा उन्मूलनका लागि धेरै कार्यक्रमहरु भइरहेको भए पनि अझै यो प्रथा हट्न नसकेकोले धेरै महिलाहरू पीडा भोग्न बाध्य भएको शर्मा बताउँछन् । उनले सामाजिक जागरणमा पनि लिलुको महत्वपूर्ण भूमिका रहेको बताए । रचनाकार निर्माता हुदै कलाकारको रुपमा लिलु र आस्था दुबैमा शर्माले अभिनय समेत गरेका छन् ।

सामाजिक कार्यमा सक्रिय भईरहने शर्माले पालिका खबरसँग आफु अहिले  नयाँ अभियानमा लागिरहेको र छिट्टै नयाँ विषयवस्तुहरु सहित आम दर्शकमाझ केही नयाँ कुरा पस्कने तयारीमा रहेको  जानकारि दीएका छन्।