close

बेलकोटगढीकी संस्थापक उपमेयरको ‘स्थानीय सरकार अपेक्षा र अवस्था’ बजारमा

बेलकोटगढीकी संस्थापक उपमेयरको ‘स्थानीय सरकार अपेक्षा र अवस्था’ बजारमा

Trulli
ADVERTISEMENT

नुवाकोट- बेलकोटगढी नगरपालिकाकी संस्थापक उपमेयर कविता ढुंगानाले ‘स्थानीय सरकार अपेक्षा र अवस्था’ नामक पुस्तक बजारमा ल्याएकी छन् । 

उनले जनताको सबैभन्दा नजिकको सरकार प्रमुख हुँदा भोगेका समस्या, जनताको आशा र स्थानीय सरकारको अवस्थाबारे समेटेर पुस्तक बजारमा ल्याएकी हुन् । उनको  किताब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विमोचन गरेका हुन् ।

आफूले स्थानीय स्तरमा सरकार नभएको २० वर्षपछि जिम्मेवारी पाउँदै गर्दा गाउँगाउँमा सिंहदरबारको नारा व्यापक रहेको बताइन् ।  ५ वर्षमै विकास निर्माणमा कार्यापलट हुने स्थानीयले अपेक्षा गरेका र त्यही अनुसार प्रचारबाजी हुँदाको अवस्थामा काम गरेको उनले  पालिकाखबरसँग सुनाइन् । 

तर २ दशक सरकारविहीन स्थानीय तह हुँदा संघीय संरचनात्मक पहिलो अभ्यास, लामो समयको ग्याप, पूर्वाधार र कर्मचारीको अभावसँगै कानुनको समस्या रहेकोले पहिलो कार्याकालमा ती सबै व्यवस्थापन गर्ने चुनौती सफलताका सम्पादन गरिएको पुस्तकमा समावेश छ । 

आफ्नो पुस्तकमा जनताले पाएको सेवा प्रबाह र सुशासनको अवस्थाबारेमा समेत उल्लेख गरिएको उनले बताइन् । उनका अनुसार बजेट र समयअनुसार विकास जसले पनि गर्न सक्ने भन्दै सेवा प्रवाह र सुशासन मुख्य ध्यान दिनुपर्ने उल्लेख गरेकी छन् । 

लेखक ढुंगाना ढुंगाना शहीद पुत्री हुन् । उनी शहीद भरत ढुंगानाकी छोरी हुन् ।