close

‘लभ एपल’भनिने गोलभेँडाको इतिहास

‘लभ एपल’भनिने गोलभेँडाको इतिहास

Trulli
ADVERTISEMENT

गोलभेँडा फलफूल हो कि तरकारी भन्ने विवाद अहिले पनि छ । कोही यसलाई फलफूल मान्छन्, कोही तरकारी । तर, प्रारम्भमा यसलाई फल मानिन्थ्यो । गोलभेँडा पन्ध्रौँ शताब्दीमा मेक्सिकोबाट युरोप पुगेको थियो । तर, त्यतिबेला युरोपमा गोलभेँडा खाइँदैनथ्यो । बगैँचाको शोभाका रूपमा यसलाई रोप्ने गरिन्थ्यो । 

 

युरोपमा यसलाई ‘विषालु स्याउ’ भनिन्थ्यो । यसलाई विषालु मात्र मानिँदैनथ्यो, गोलभेँडा खानु पाप ठानिन्थ्यो । ‘लभ एपल’ पनि भनिइने गोलभेँडा वर्जित फल थियो । 

 

अमेरिकामा पनि गोलभेँडालाई सन् १८२० सम्म विषालु फल मानिन्थ्यो । यही वर्ष एक जना इतिहासकार, कृषक तथा नेता रोबर्ट गिबोन जोन्सनले गोलभेँडालाई खान हुने फलका रूपमा प्रमाणित गरेका थिए । न्युजर्सीको सालेम शहरमा उनले एउटा परीक्षण गरे, जसलाई इतिहासमा ‘सालेम गोलभेँडा परीक्षण’ भनिन्छ । सयौँ मान्छे जम्मा गरेर उनले उनीहरूका अगाडि एक टोकरी गोलभेँडा खाए । मान्छेहरू भयभीत भएका थिए । उनीलाई लागेको थियो– जोन्सनको केही घण्टामै मृत्यु हुनेछ । तर, उनी सकुशल रहे । त्यसपछि गोलभेँडासम्बन्धी भ्रम सदाका लागि हट्यो । यो निरपराध चिजमाथि लागेको कलंक पनि मेटियो ।