close

बादरबाट हैरान भएपछि खेति संस्कारमै परिवर्तन

बादरबाट हैरान भएपछि खेति संस्कारमै परिवर्तन

Trulli
ADVERTISEMENT

स्याङ्जा-  बाँदर आतंकबाट आजित भएका गल्याङका किसानले धान, मकै गुहँको सट्टा बाँदरले नखाने काष्ठफल खेती सुरु गरेका छन् । यसअघि गल्याङ नगरपालिकाले पनि कृषहरुलाई कागती, एभोकाडो, सुन्तला लगायतका खेतितर्फ प्रेरित गरिरहेको थियो । 

परम्परागत खेतीलाई चटक्कै छोडेर नयाँ खेतितर्फ लाग्नुपर्दा किसानमा केही समय अन्यौलता नआएको होइन, तर अहिले सयपत्री, उखु, एभोकाडो जस्ता खेती सुरु गरिसकेपछि परम्परागत खेती भन्दा दोब्बर बढी आम्दानी हुन थालेपछि किसान पनि हौसिएका छन् । 

‘लामो समयसम्म उत्पादन दिने, पहाडी भेगका लागि हावापानी मिल्ने, एक पटक हुर्काइसकेपछि धेरै मेहनत गर्नु नपर्ने, उत्पादनलागत कम लाग्ने काष्ठफल लगाउन कृषकलाई प्रेरित गरिएको छ ।