close

पालिका अध्यक्षको दाजुको मृत्युमा शोक बिदा !

पालिका अध्यक्षको दाजुको मृत्युमा शोक बिदा !

Trulli
ADVERTISEMENT

बाँके- नरैनापुर गाउँपालिकामा पालिका अध्यक्षका परिवार सदस्यको मृत्युमा शोक विदा दिइएको छ । पालिका अध्यक्ष ईश्तियाक अहमत शाहले आफ्नो दाजुको मृत्युमा गाउँपालिकाभर नै शोक विदा दिएका हुन् । 

गाउँपालिकाले आइतबार एक सुचना जारी गर्दै पालिकाभर शोक विदा दिएको जनाइएकाे छ । पालिका अध्यक्ष शाहको जेठो दाजुको शैयद मुस्ताक अहमद शाहको निधन भएकाले आइतबार अत्यावश्यक सेवा बाहेकका गाउँपालिकाका सबै कार्यलय बन्द रहने सूचनामार्फत जानकारी दिइएको छ । 

नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय तहको काम, कर्तव्य र अधिकार अन्तर्गत सार्वजनिक विदा दिन पाउने व्यवस्था उल्लेख छैन । विदा दिन नपाईने भनेको पनि छैन । स्थानीय सरकारले विभिन्न स्थानीय पर्वको बहानामा स्थानीय बिदा दिइरहेका हुन्छन् । तर, जनप्रतिनिधिको परिवारको सदस्यको मृत्युमा गाउँपालिकाभरि नै विदा दिन ठीक होला ?