close

संसारमा भएका विचित्र घटना

संसारमा भएका विचित्र घटना

Trulli
ADVERTISEMENT

 

–सन् १९५९ मा यूएस पोस्टल सर्भिस (यूएसपीएस) ले हुलाक सेवामा एउटा विचित्र प्रयोग गरेको थियो । यूएसपीएसले क्रुज मिसाइलमा चिठीपत्र र पार्सल भरेर  ‘मिसाइल मेल’ पठाएको थियो । मिसाइल २२ मिनेटमा १ हजार १ किलोमिटर यात्रा गरेर गन्तव्यमा पुगेको थियो ।

 

विष्फोटक पदार्थ बोक्ने मिसाइलमा चिठीपत्र र पार्सलका कन्टेनर भरिएका थिए । त्यतिबेला डाक सेवा प्रमुख आर्थर ई। समरफिल्डले उक्त घटना सिंगो संसारका लागि ऐतिहासिक भएको बताएका थिए । ‘मान्छे चन्द्रमामा पुग्नुअघि नै मिसाइलमार्फत चिठीपत्र अमेरिकाबाट ब्रिटेन, भारत र अस्ट्रेलियामा पठाउन सकिनेछ,’ उनले भविष्यवाणी गरेका थिए ।

 

तर, मिसाइल मेल सार्वजनिक प्रयोजनमा भने आएन । अमेरिकी रक्षा विभागले मिसाइल मेलको प्रयोगलाई अमेरिकी मिसाइल क्षमताको अनावश्यक प्रदर्शन ठान्यो । यसको खर्च धान्नै नसकिने महँगो भएकाले मिसाइल मेल केवल एउटा प्रयोगमा सीमित रह्यो । 

 

–अमेरिकाको न्युयोर्क शहरबाट सन् १९८६ देखि १९९८ सम्म ‘स्पाई’ म्यागजिन प्रकाशन भएको थियो । यो व्यंग्यप्रधान मासिक पत्रिका थियो । सन् १९८९ मा यसले एउटा रमाइलो ठट्टा गरेको थियो । उसले ‘नेसनल रिफन्ड क्लियरिङ हाउस’ नामक कम्पनी खडा गरेर त्यसका तर्फबाट ५८ जना प्रसिद्ध अमेरिकी व्यक्तिलाई चेक पठाएको थियो ।

 

चेकको रकम थियो, १।११ अमेरिकी डलर । यति सानो रकमको चेक २६ जनाले साटेका थिए । तीमध्ये एक थिए, वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । त्यसपछि पत्रिकाले फेरि ६४ सेन्ट बराबरको चेक ती २६ जना प्रसिद्ध नागरिकलाई पठाएको थियो ।

 

तीमध्ये १३ जनाले चेक साटेका थिए । तीमध्ये ट्रम्प पनि एक जना थिए । तेस्रो पटक पनि ‘स्पाई’ले प्य्रांक गर्दै ६४ सेन्टको चेक साट्ने ती १३ जनालाई  १३ सेन्टको चेक पठाएको थियो । यस पटक दुई जनाले मात्र चेक साटेका थिए । ती दुईमध्ये एक जना थिए, उनै चिरपरिचित ट्रम्प । 

 

–सन् १९८८ मा अमेरिकी मनोविद् डा। एलान फ्रान्सिसको एउटा विचित्र किताब प्रकाशित भयो । नाम थियो, ‘एभ्रिथिङ मेन नो एबाउट विमिन’ । पुरुषले महिलाबारे के जान्दछन् भन्ने विषयमा आधारित किताबमा सयभन्दा बढी पृष्ठ थिए । रोचक कुरा के छ भने ती सबै पृष्ठ खाली थिए । सिंगो किताब नै खाली थियो ।

 

यसको तीसौँ संस्करण प्रकाशित भइसकेको छ । मजाकिया उपहारका रूपमा प्रेमी–प्रेमिका, श्रीमान्–श्रीमतीले यो किताब एकअर्कालाई उपहार दिने गरेका छन् ।