close

३७ वर्षमा १२ छोराछोरी र एक नातिनी

३७ वर्षमा १२ छोराछोरी र एक नातिनी

Trulli
ADVERTISEMENT

काठमाडौं । अमेरिकाकी टिकटक स्टार वेरोनिका मेरिटको १२ जना सन्तान छन्  । ३७ वर्षीया वेरोनिकाकी छोरी विक्टोरियाले केही दिनअघि पहिलो सन्तान जन्माएकी छन्  । वेरोसनकाको सबैभन्दा कान्छो छोरा मोडी र उनकी जेठी छोरी विक्टोरियाको छोरीमा केबल २ महिनाको मात्र फरक छ  । 

अमेरिकामा चर्चित टिकटक स्टार वेरोनिका मेरिट ३७ वर्षको उमेरमै हजुरआमा बनेकी हुन्  । उनका १२ जना सन्तान छन्  । वेरोनिकाको जेठी छोरीले सबैभन्दा जेठी छोरीले जुनमा मैडिलिन रोसाली नाम गरेकी छोरीलाई जन्म दिइन् । सानी मैडिलिनको ११ जना काका र काकी छन् । उनको सबैभन्दा सानो काका जम्मा दुई महिनाले ठुलो छन् ।  

वेरोनिकाको टिकटकमा दुई लाखभन्दा बढी फलोअर्स छन् । उनी ‘दिसमैडमामा’को नामले परिचित छिन् ।  ३७ वर्षको उमेरमा हजुरआमा बन्दा रामाइलो लागेको वेरोजिका बताउँछिन् । उनी आफ्नो सन्तानको रेखदेख गर्दा खुसी छिन् । नातिनी जन्मिएसँगै परिवारमा १४ जना भएका छन् ।

वेरोनिका कोरोनाको समयमा भएको प्रतिबन्धले गर्दा नातिनी जन्मेको बेलामा उनी छोरीको साथमा रहन पाइनन् । त्यसबेला विक्टोरियाको साथमा उनका प्रेमी थिए । 

वेरोनिकाले टिकटकमा एउटा भिडियो पोष्ट गरेकी थिइन् । जसमा नातिनीसहित आफ्नो सन्तानको परिचय गराएकी थिइन् । उनले आफ्नी जेठी छोरी सबैभन्दा असल आमा भएको पनि बताएकी थिइन् ।

विक्टोरियाबाहेक वेनोरिकाको अनय ११ जना सन्तान छन् । जसमा १७ वर्षका एड्रुय, १६ वर्षका एडम, १४ वर्षीया मारा, १३ वर्षका डैश, डार्ला ११ वर्षकी, मार्वलेस ९ वर्षका, ७ वर्षीया मार्टेलिना, अमीलिया ५ वर्षीया, ४ वर्षको डेलिया, डोनोवन २ वर्षका र भर्खर दुई हप्ता भएका छोरा मोडी छन् ।

वेरोनिका मेरिट पहिलोपटक १४ वर्षको उमेरमा आमा बनेकी थिइन् । उनले जिवनको नौ वर्ष गर्भावस्थामा बिताएको बताएकी छन् । एउटा इन्टरभ्युमा आफूलाई ठूलो परिवारको चाहना रहेको बताएकी थिइन् । उनले १६ जना सन्तान जन्माउने फेमिलि प्लानिङ बनाएकी भए पनि मोडीपछि अब अर्को सन्तान नजन्माउने निर्णय गरेकी छन् । 

उनी आफ्ना सन्तानको जम्मा दुईजना बुबा रहेको बताउँछिन् । उनको पहिलो विवाह २००५ मा टुटेको थियो । हाल उनले दोस्रो श्रीमान् मार्टीसि पनि सम्बन्ध विच्छेद गरेकी छन् । 

वेनोरिकाले नातिती जन्मिएको पोष्ट टिकटकमा हाल्दा डेढ लाखभन्दा बढी लाइक आएको छ । उनले नातीको अनुहार लुकाएकी छन् । 

वेरोनिका आफ्ना सबै सन्तानको लागि कलरकोड तयार पार्छिन् । उनी १२ जनालाई नै इन्द्रेणिको फरक–फरक रङको कपडा लगाइदिन्छिन् । मोडी सधै पहेँलो कपडामा देखिन्छन्, एडम हरियो रङमा देखिन्छन् ।