close

महिला भए पनि आफ्नो जुँगा शानसँग पाल्छिन्

महिला भए पनि आफ्नो जुँगा शानसँग पाल्छिन्

Trulli
ADVERTISEMENT

काठमाडौं । एक भारतीय महिला जो शानसँग  जुँगा पाल्छिन् । उनले प्रशंसा र आलोचना दुवै पाएकी छन्।

तर उनले आफ्नो अनुहारको जुँगाबारे चासो राख्ने मानिसहरूबाट उनलाई केही फिक्री नभएको बताउँछिन्।

"मलाई मेरो जुँगा असाध्यै मन पर्छ," ३५ वर्षीय शिजाले आफ्नो फोटोको तलतिर ह्वाट्सएप स्टेटसमा लेखेकी छन्। उनी भन्छिन्, "मलाई मेरो जुँगा साह्रै मन पर्छ, म त्यति मात्र भन्न सक्छु।"

उनी दक्षिण राज्य केरलाको कानपुर जिल्लामा बस्छिन्। उनले आफ्ना आँखीभौँ त थ्रेडिङ गरेर मिलाउँछिन् तर आफ्नो ओठमाथिका रौँ फाल्न उनले कहिल्यै आवश्यक ठानिनन्।

करिब पाँच वर्षअघि उनको जुँगा बाक्लिँदै गयो र त्यसबाट हर्षित शिजाले त्यसलाई पाल्ने विचार गरिन्। पछिल्लो कोरोनामहामारीका बेला जुँगा छेकिने भएकाले आफूलाई मास्क लगाउन मन नपरेको उनी बताउँछिन्।