close

स्वास्थ्य चौकीबाट कण्डम, वडा कार्यालयमा मासुभात

स्वास्थ्य चौकीबाट कण्डम, वडा कार्यालयमा मासुभात

Trulli
ADVERTISEMENT

बझाङ - सूर्मा गाउँपालिकाको वडा नम्बर २ को आधारभूत स्वास्थ्य केन्द्रबा कण्डम चोरी भएको छ । बुधबार राति स्वास्थ्य केन्द्र तोडफोड गरी चोरी भएको हो । 

गाउँपालिकाका अध्यक्ष खडकबहादुर बोहराका अनुसार करिब १२ वर्षीय बालकले स्वास्थ्य केन्द्रको झ्याल फुटाएर कन्डम चोरेको हो । सो बालकले केन्द्र चोरीबारे प्रहरीसमक्ष स्वीकार गरेको उनले पालिकाखबरलाई बताए । 

सो बालकले गत असोज महिनामा वडा नम्बर २ को वडा कार्यालय पनि तोडफोड गरेको उनले बताए । वडा कार्यालय तोडफोड गरे पनि केही सामग्री चोरी नभएको गाउँपालिका अध्यक्ष बोहराले बताए । 'एक हप्ताको फरकमा दुई पटक वडा कार्यालय तोडफोड गरेका थिए । वडा कार्यालयबाट केही चोरी भएन', उनले भने, 'तर स्थानीयको कुखुरा चोरेर वडा कार्यालयमा पकाएर खाएका रहेछन् ।' 

पहिलो पटकको लागि आफूहरुले सो बालकको सुधारकाे लागि उनको दाइलाई  जिम्मेवारी दिएको उनले बताए । तर पुन गल्ती गरेपछि प्रहरीलाई बुझाएकाे उनले बताए । सोको सजायबारे प्रहरीसँग बुझ्नुपर्ने उनले सुनाए ।