close

स्थानीय तहका प्राविधिकलाई खरिद ऐनको तालिम

स्थानीय तहका प्राविधिकलाई खरिद ऐनको तालिम

Trulli
ADVERTISEMENT

काठमाडौं– डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल, डिनको आयोजनामा स्थानीय तहमा कार्यरत प्राविधिकहरूलाई गुणस्तरीय काम र खरिद ऐनबारे भर्चुअल कार्यक्रममार्फत जानकारी दिइएको छ । 

कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय स्तरमा रहेका प्राविधिकहरूलाई खरिद प्रक्रिया र गुणस्तर सुधारमा थप जिम्मेवार बनाउन कार्यक्रम प्रभावकारी भएको बताए  । 

संस्थाका अध्यक्ष कामेश्वरप्रसाद सिंहले प्राविधिकहरूको उचित परिचालन गर्न दरबन्दी थप र उनीहरूको नियमन गर्न डिप्लोमा इन्जिनियरिङ काउन्सिल ल्याउनुपर्नेमा जोड दिए ।

कार्यपत्र प्रस्तुत गर्दै डिनका पूर्वअध्यक्ष प्राध्यापक डा.राजेन्द्रप्रसाद अधिकारी र वरिष्ठ इन्जिनियर जगदीश्वरमान श्रेष्ठले स्थानीय स्तरमा कार्यरत नयाँ तथा पुराना प्राविधिकलाई  दक्षता अभिवृद्वि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।

सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले  दक्ष प्राविधिक उत्पादन र उनीहरूको परिचालनमा नगरपालिकाले सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।