close

खेलकुद महोत्सव आयाेजना गर्दै शिवराज नगरपालिका

खेलकुद महोत्सव आयाेजना गर्दै शिवराज नगरपालिका

Trulli
ADVERTISEMENT

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिकामा आउँदो २२ माघदेखि खेलकुद महोत्सव सुरु हुने भएको छ । नगरपालिकाका मेयर नेत्रराज अधिकारीले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन् ।
 
२० देखि ३० माघसम्म सञ्चालन हुने प्रतियोगितामा मेयर कपतर्फ फुटबल, क्रिक्रेट र भलिबलका खेल हुने र उपमेयरतर्फ महिला फुटबल र कराते प्रतियोगिता हुने नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थीले बताए । 


नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा विद्यालय तथा क्लबको सहभागिता रहने नगर विकास समितिका अध्यक्ष नेत्र बेल्वासेले जानकारी दिए ।


डोरी तान संघ गठन


शिवराज नगरपालिकामा डोरी तान संघ गठन भएको छ । कपिलवस्तु डोरीतान संघको आयोजनामा समिति गठन तथा १ दिने सेमिनार कार्यक्रम सम्पन्न भएको छ ।

 

सन् २००१ देखि नेपालमा भित्रिएको यो खेलको ४० वटा जिल्लाामा समिति गठन भएको र अरू जिल्लामा निर्माण हुने क्रम जारी रहेको कपिलवस्तु संघका अध्यक्ष निमराज बेल्वासेले बताए । सागर मन्थनको समय भगवान् र राक्षसबीच यो खेल भएको धार्मिक ग्रन्थमा उल्लेख छ । 

 

व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले नगरपालिकालाई चिनाउने उपयुक्त माध्यम खेल भएको बताए । 

 

कार्यक्रममा मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णुप्रसाद खतिवडा, शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले युवालाई कुलतबाट टाढा राख्न खेलकुदको विकास जरुरी रहेकामा जोड दिए ।

 

मेयर अधिकारीले प्रत्यक वर्ष नगरस्तरीय खेलकुद आयोजना गर्दै आएको बताए । विष्णु हमालको नेतृत्वमा ११ सदस्य समिति गठन भएको हो ।