close

माडी नगर मेलमिलाप समितिको न्यायिक छलफल

माडी नगर मेलमिलाप समितिको न्यायिक छलफल

Trulli
ADVERTISEMENT

माडी(चितवन)- चितवन जिल्ला अदालतको न्यायिक सम्पादन समिति र माडी नगर मेलमिलाप समितिबीच भएको छलफलमा सहभागीले मानव अधिकार शिक्षा र नागरिक कर्तव्यबारे सचेतना बढाउनुपर्नेमा जोड दिएका छन् ।

 

कार्यक्रममा स्थानीय न्यायिक समितिबाट विवाद वा समस्या समाधान गर्दा ध्यान दिनुपर्ने कानुनी पाटो र कार्यविधिका विषयमा सहभागीलाई प्रशिक्षण दिइएको थियो ।

 

जिल्ला न्यायधीश केशव अधिकारी, नगर उपप्रमुख तथा स्थानीय न्यायिक समिति संयोजक ताराकुमारी काजी महतोसँगै नगरप्रमुख ठाकुरप्रसाद ढकाल, प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल, वडाध्यक्षहरू, न्यायिक समितिका सदस्य एवं स्थानीय मेलमिलापकर्ताको सहभागिता थियो ।