close

गाउँपालिका अध्यक्ष घुस सहित पक्राउ परेपछि पालिकामा तालाबन्दी 

गाउँपालिका अध्यक्ष घुस सहित पक्राउ परेपछि पालिकामा तालाबन्दी 

Trulli
ADVERTISEMENT

महोत्तरी– धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतको गाडीबाट ८ लाख रुपैयाँ घुसको रकम बरामद भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलीले सोमबार ८ लाख रुपैयाँ घुस रकमसहित गाडी र चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिएको हो । 


अध्यक्ष डम्बरबहादुर राउत भने फरार छन् । फरार गाउँपालिका अध्यक्ष राउतको खोजी तीव्र भइरहेको प्रहरीले जनाएको छ ।  गाउँपालिकाअन्तर्गतको विकासे योजनाको कामको भुक्तानी दिन उक्त रकम कमिसन लिएको अवस्थामा अख्तियारको टोलीले उनलाई पछ्याएको थियो ।

 

कारबाही माग्दै गाउँपालिका कार्यालयमा ताला 

 

कमिसनबापत लिएको ८ लाख रुपैयाँ गाडीबाट फ्याँकेर फरार गाउँपालिका अध्यक्ष राउतलाई पक्राउ गर्न माग गर्दै स्थानीय पालिकाको कार्यालयमा तालाबन्दी गरी धर्नामा बसेका छन् । विभिन्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तासहित, नागरिक समाज तथा सर्वसाधारणले अध्यक्षलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकामा तालबन्दी गरेका हुन् ।

 

बटेश्वर गाउँपालिकाका हरेक योजनामा अध्यक्ष राउतले कमिसन लिएको दाबी गर्दै विकासे योजनाको फाइल नियन्त्रणमा लिई अख्तियारलाई थप अनुसन्धान गर्नसमेत उनीहरूले माग गरेका छन् ।

 

अध्यक्ष राउतले एउटै योजनाको अन्तिम भुक्तानीमा मात्र ८ लाख रुपैयाँ बढी कमिसन लिएको आरोप लगाउँदै तालाबन्दी गरेका स्थानीयले सबै योजनामा ठेकेदार, उपभोक्ता समितिलाई धम्की दिएर कमिसन असुलेको आरोप स्थानीयको छ ।