देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) महिला दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम
१११औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देशभरका स्थानीय तहद्वारा विविध कार्यक्रमको आयोजना, यस वर्षको नारा महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार ।
२) ऐँसेलुखर्कमा अल्लो प्रशोधन प्रवद्र्धन कार्यक्रम
खोटाङको ऐँसेलुखर्क गाउँपालिकाद्वारा अल्लो प्रशोधन प्रवद्र्धन कार्यक्रम सञ्चालन, राखाबाँदेलमा अल्लो प्रशोधन एवं कपडा उत्पादनसम्बन्धी तीन महिने तालिम जारी ।
३) वाणगंगामा मेयर कप जारी
कपिलवस्तुको वाणगंगा नगरपालिकाको आयोजनामा मेयर कप फुटबल प्रतियोगिता सुरु, २७ फागुनमा फाइनल खेल हुने ।
४) ६५ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप
६५ वर्षमाथिका नागरिकलाई पालिका स्तरमा रहेका खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु, ज्येष्ठ नागरिकको उत्साहजनक सहभागिता ।
५) मेयर कपका विजेताले ५ लाख पाउने
काठमाडौं महानगरपालिकाको आयोजनामा कीर्तिपुरको क्रिकेट रंगशालामा मेयर्स कप क्रिकेट प्रतियोगिता जारी, विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने ।
६) व्यासमा महिला हाफ म्याराथन प्रतियोगिता
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाको आयोजनामा प्रथम व्यास नगर महिला हाफ म्याराथन प्रतियोगिता आयोजना, प्रतियोगितामा ५६ धावकको सहभागिता ।
७) सिर्पाचौर पुग्न बल्ल सडक
जाजरकोटको बारेकोट गाउँपालिकाको सिर्पाचौर गाउँ सडक सञ्जालसँग जोडियो, सडक पुग्दा स्थानीय दंग ।
८) अन्नपूर्णको गाउँसभामा पालिका र वडा विभाजन गर्ने प्रस्ताव
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको गाउँसभामा पालिका र वडा विभाजन गर्ने प्रस्ताव पेस, सदस्यहरूको रायअनुसार पालिकाले अर्को सभाबाट निर्णय गर्ने ।
९) दरबन्दी मिलान गर्ने अवसर
पालिकाभित्रका प्राथमिक तहका शिक्षकलाई अर्को विद्यालयमा दरबन्दी मिलान भई जान इच्छुक भए निवेदन पेस गर्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको आह्वान, इच्छुकले पालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने ।
१०) डडेल्धुरामा ९ हजार बढी ज्येष्ठ नागरिकाई खोप
डडेल्धुरामा ९ हजार बढी ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदै, २६ फागुनसम्म अभियान सञ्चालन हुने ।
११) राक्सिराङमा अध्यक्ष रोजगार कार्यक्रम
मकवानपुरको राक्सिराङ गाउँपालिकाले अध्यक्ष रोजगार कार्यक्रम सञ्चालन गर्ने, युवा जनशक्तिलाई रोजगारतर्फ उन्मुख गराउने पालिकाको उद्देश्य ।
१२) किशोरीका लागि आत्मरक्षा तालिम
कैलालीको गौरीगंगा नगरपालिकाद्वारा किशोरीका लागि आत्मरक्षा तालिम सञ्चालन, तालिममा १५० किशोरीको सहभागिता ।
१३) पातारासीको स्वास्थ्य सेवामा फड्को
जुम्लाको पातारासी गाउँपालिका आधारभूत स्वास्थ्य सेवामा मजबुत बन्दै, पालिकाको ७ वटै वडामा स्वास्थ्य सेवाको पहुँच ।
१४) ठेकेदारको लापरबाहीले स्थानीय सास्ती खेप्दै
कटारी–घुर्मी सडक खण्ड समयमै निर्माण नहुँदा कटारी नगरपालिकाका स्थानीय धुलोबाट आजित, स्थानीले गरे सडक अवरुद्घ ।
१५) राहत र वितरण भएको परिमाण सार्वजनिक
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले दोभान बजारमा अग्निपीडितका लागि हालसम्म प्राप्त भएको राहत र वितरण भएको परिमाण ग¥यो सार्वजनिक, सहयोग गर्ने संघ–संस्था बढ्दै ।
१६) विकासमा एक हुँदै जनप्रतिनिधि
सिद्धार्थ राजमार्ग आर्थिक करिडोरसँग जोडिएका पालिकाहरू आर्थिक विकासका लागि योजना निर्माणमा जुटे, वालिङ नगरपालिकाको आयोजना र सिद्धार्थ राजमार्ग आर्थिक करिडोरको सचिवालयको सहकार्यमा जनप्रतिनिधिबीच छलफल ।
१७) पर्यटक गाइड उत्पादन गर्दै धवलागिरि
पर्यटक गाइड उत्पादन गर्दै म्याग्दीको धवलागिरि गाउँपालिका, १५ दिने तालिममा २१ जनाको सहभागिता ।
१८) अध्यक्ष फेलै परेनन्
धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउतको गाडीबाट अख्तियारले ८ लाख रुपैयाँ घुस रकम बरामद गरेपछि अध्यक्षलाई कारबाही माग गर्दै स्थानीयले पालिकामा लगाएको ताला अझै खुलेन, कामकाज प्रभावित ।
१९) ढुंगा बालुवा बिक्री वितरणका लागि ठेक्का आह्वान
खोटाङको बराहपोखरी गाउँपालिकाद्वारा ढुंगा, गिटी र बालुवा संकलन एवं बिक्री वितरणका लागि ठेक्का आह्वान, गाउँपालिकाको आम्दानी बढाउने उद्देश्य ।
२०) रुपामा सप्ताहव्यापी दन्तशिविर जारी
कास्कीको रुपा गाउँपालिकामा पालिकाको समन्वयमा नेलम्बो नेपालद्वारा सप्ताहव्यापी मुख स्वास्थ्य तथा दन्तशिविर सुरु ।