देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) सन्धिखर्कका युवालाई कृषिमा अवसरै अवसर
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक रूपमा कृषि गर्ने युवाहरूलाई कर्जा दिने, १ लाखदेखि ३ लाख रुपैयाँसम्म युवाले ऋण पाउने ।
२) एसईई परीक्षा जेठ १३ देखि
२०७७ सालको एसईई परीक्षा १३ जेठ देखि २४ गतेसम्म हुने, कोरोनाका कारण यस वर्ष परीक्षा ढिला ।
३) मेयरकप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको आयोजनामा भएको प्रथम मेयरकप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, विजेतालाई पुरस्कार र प्रमाणपत्र वितरण ।
४) ज्येष्ठ नागरिकलाई कोरोना खोप
६५ वर्षमाथिका नागरिकले पालिका स्तरमा रहेका खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाउँदै, ज्येष्ठ नागरिकको उत्साहजनक सहभागिता ।
५) मेयर कप जारी
कपिलवस्तुको वाणगंगा नगरपालिकाको आयोजनामा भएको मेयरकप फुटबल जारी, २७ फागुनमा फाइनल खेल हुने ।
६) बेलकोटगढीमा भत्ता बैंकबाट
नुवाकोटको बेलकोटगढी नगरपालिकाको १३ वटै वडाका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता अब बैंकमार्फत पाउने, बैंकले भत्ता बाँड्न थाल्यो ।
७) लोकसेवा पढाउँदै रामेछाप
लोकसेवा आयोगमा नायब सुुब्बा र खरिदार पदमा परीक्षा दिन चाहने दलित तथा जनजाति महिलालाई लक्षित गरी मन्थली नगरपालिकाद्वारा निःशुल्क तयारी कक्षा सञ्चालन, कक्षा १५ दिनसम्म चल्ने ।
८) गाउँमै उद्यमी बन्दै तुलसीपुरका महिला
दाङको तुलसीपुर उपमहानगरपालिका–१९ मा महिलाका लागि दुई महिने मेसिनरी हाते होजयारी तालिम समापन, उपप्रमुख माया आचार्यले बाँडिन् प्रमाणपत्र ।
९) अदानचुलीको तल्लो क्षेत्र पाँच दिनदेखि अन्धकार
जलविद्युत्को नहर भत्केर विद्युत् आपूर्ति नहुँदा हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्न बाध्य, चार वटा वडाको पूरै बस्ती अन्धकार ।
१०) रैनादेवीका दम्पती सम्मानित
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाद्वारा ‘दुई छोरी दम्पती सम्मान’ कार्यक्रम आयोजना, गाउँपालिकभित्र दुई छोरी जन्माएर स्थायी बन्ध्याकरण गरेका दम्पती सम्मानित ।
११) धनगडा खानेपानी आयोजना उद्घाटन
चितवनको भरतपुर महानगरको १२, ९ र ११ वडाका २१ सय १९ घरधुरीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्यसहित धनगडा खानेपानी आयोजना निर्माण, नगरप्रमुख रेनु दाहालले गरिन् आयोजनाको उद्घाटन ।
१२) राप्तीले स्थापना दिवस मनायो
दाङको राप्ती गाउँपालिकाको आयोजनामा पालिका स्थापना दिवसको अवसर पारेर कर्मचारीबीच अन्तरपालिका ब्याडमिन्टन प्रतियोगिता, प्रतियोगितामा ६ पालिकाका २१ टिमको सहभागिता ।
१३) ५४ छात्राले पाए साइकल
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई बाँड्यो साइकल, ५४ जना छात्राले पाए साइकल ।
१४) पूर्वाधार सुधारका लागि विश्व बैंकको ६० करोड
बागलुङ नगरपालिकाको वडा नम्बर ३ मूलपानीदेखि काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरा जोड्ने सडक नगरपालिकाको प्राथमिकतामा पर्दै, पूर्वाधार सुधारका लागि विश्व बैंकको ६० करोड अनुदान ।
१५) स्वास्थ्य क्षेत्रमा शिवराजको फड्को
कपिलवस्तुको शिवराज नगरपालिका–५ मा रहेको कोरोना अस्पताललाई आधारभूत स्वास्थ्य अस्पतालमा परिणत गरियो, अब नगरबासीले सहज र सुलभ रूपमा स्वास्थ्य सेवा पाउने ।
१६) त्रियुगामा खेलकुद महोत्सव जारी
उदयपुरको त्रियुगा नगरपालिकाको आयोजनामा थरुहट रंगशालामा प्रथम त्रियुगा खेल महोत्सव जारी, महोत्सवमा १६ वटै वडाका खेलाडीको सहभागिता ।
१७) दोभानका अग्निपीडितलाई जनप्रतिनिधिले सहयोग गर्ने
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिले १५ दिनको सेवा–सुविधाबापतको रकम दोभान बजारका अग्निपीडितलाई दिने, दोभानलाई नमुना बजारको रूपमा पुनसस्र्थापित गर्न नयाँ मापदण्ड तय ।
१८) बालिकाको आफ्नै खाता
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाद्वारा ‘बालिका बचत’ कार्यक्रम सुरु, गत साउनयता जन्मिएका बालिकाहरूलाई तीन वर्षसम्म वार्षिक चार हजारका दरले रकम प्रदान गरिने ।
१९) विष्णु अधिकारीको जोडी प्रथम
१११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको देवघाट गाउँपालिकाद्वारा आयोजित श्रीमान् बोक्ने प्रतियोगितामा विष्णु अधिकारीको जोडी प्रथम, विजेता जोडीलाई पालिकाद्वारा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान ।
२०) श्रमिक महिलालाई साइकल
तिलोत्तमा नगरपालिकाद्वारा ५१ जना श्रमिक महिलालाई साइकल वितरण, अब आवतजावतमा सहज ।