close

द्वारिकलालको गयो मान, भत्ता वितरणमा भंगहाको ध्यान (भिडियो खबर)

द्वारिकलालको गयो मान, भत्ता वितरणमा भंगहाको ध्यान (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर 

 

१) सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिकाले खरको छाना भएका विपन्न घर परिवारहरुलाई जस्ता पाता वितरण गर्‍यो, ३२ परिवारले पाए जस्ता । 


२) सुनसरीको इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले सेवाग्राही यामप्रसाद ढकाललाई कार्यालयमा थुनेको भन्दै स्थानीयले पालिकाको कार्यालय घेराउ गरे, कांग्रेस इटहरी नगर समितिले प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्‍यो । 


३) ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले एमबिबिएस र सिभिल इञ्जिनीयरिङ अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने पालिकाको लक्ष्य । 


४) खाद्य प्रणालीमा रूपान्तरण, मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरि पालिकाहरुले अन्तर्राष्ट्रिय युवा दिवस मनाए, कोरोनाका कारण यसपटक पनि भर्चुअल रूपमा कार्यक्रम । 


५) दाम्लोले बाँधेर युवकलाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपालिका-२ का वडाध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटे, नेपालीलाई पाँच हजार धरौटीमा छोड्ने जिल्ला प्रशासन कार्यालय जाजरकोटको निर्णय । 


६) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप अभियान जारी, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता । 


७) म्याग्दीको धवलागिरि गाउँपालिकाले विनियोजन गरेको ३० लाख रुपैयाँ बजेटबाट बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु, सेवा सञ्चालनमा आएसँगै उपचारका लागि जिल्ला बाहिर जानुनपर्ने । 

 

८) कोरोना संक्रमित बढेपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पालिकाको केन्द्र तथा सदरमुकाम दिक्तेल बजारमा पुनः लकडाउन गर्ने, १ भदौबाट लकडाउन गर्ने पालिकाको निर्णय । 

 

९) धादिङको बेनीघाट रोराङ गाउँपालिकाले विभिन्न सामान खरिद गर्न दरभाउ पत्र आह्वानको सूचना जारी गर्‍यो, इच्छुकले पालिकामा कागजात सहित निवेदन पेश गर्नुपर्ने । 

 

१०) महोत्तरीको भंगहा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्ने, लाभग्राहीलाई बैंक खाता खोल्न पालिकाले जारी गर्‍यो सूचना । 

 

११) काठमाडौंको नागार्जुन नगरपालिकाको नगर कार्यपालिका बैठक सम्पन्न, बैठक कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित । 

 

१२) पाँचथरको याङवरक गाउँपालिकाले किसानलाई अनुदानमा तरकारीको बिउ र मिनिकिट वितरण गर्न थाल्यो, किसानले वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने । 

 

१३) कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ कञ्जभोजमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना नगरप्रमुख वीरबहादुर सुनार र प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले संयुक्तरूपमा गरे पोष्टको उद्घाटन । 

 

१४) मोरङको पथरी शनिश्चरे नगरपालिकाले इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीलाई उद्दार सामग्री प्रदान गर्‍यो, सामग्रीले विपद् व्यवस्थानमा सहयोग पुग्ने । 


१५) हुम्लाको सिमकोट गाउँपालिकाले बैंक मार्फत सामाजिक सुरक्ष भत्ता वितरण गर्न थाल्यो, भत्ता पाउँदा लाभग्राही दंग । 

 

१६) कैलालीको गौरीगंगा नगरपालिकाद्वारा शारीरिक अशक्तता भएकालाई ह्वीलचियर वितरण, परिचयपत्र पनि वितरण गर्ने पालिकाको योजना । 

 
१७) मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले किसानलाई बाँड्यो काउ म्याट, अनुदानमा वितरण गरिएको म्याटबाट ३० किसान लाभान्वित । 

 

१८) प्यूठानको प्यूठान नगरपालिकाले गर्‍यो सार्वजनिक सुनुवाई, नागरिकको जायज समस्या सम्वोधन गर्ने जनप्रतिनिधिले जनाए प्रतिवद्वता । 

 

१९) कोराना संक्रमित बढेपछि गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ५ सिल, स्थानीयलाई स्वास्थ्य सतर्कता अपनाउन वडाको आग्रह ।


२०) सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ का वडा सदस्य काजी तामाङको निधनको शोकमा पालिका र वडा कार्यालय बन्द ।