close

बलात्कार अभियोगमा गाउँपालिका अध्यक्ष पक्राउ 

बलात्कार अभियोगमा गाउँपालिका अध्यक्ष पक्राउ 

Trulli
ADVERTISEMENT

रुपन्देही- रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) लाई प्रहरीले नियन्त्रणमा लिएको छ । सम्मरीमाई गाउँपालिका वडा नम्बर १ पकडिहवाका एक महिलामाथि जवरजस्ती करणी गरेको आरोपमा सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।


वडा नम्बर ६ असुरैनामा रहेको गाउँपालिका अध्यक्षको घरमा बोलाएर महिलालाई जवरजस्ती करणी गरेको भन्दै पीडित पक्षले बिहीबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दर्ता गरेका थिए ।


जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उजुरीको आधारमा गाउँपालिका अध्यक्ष शुक्ललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले शुक्ललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिए ।