close

दर्ता कागजको महत्व बुझाउन सेवाग्राहीलाई निःशुल्क खाम 

दर्ता कागजको महत्व बुझाउन सेवाग्राहीलाई निःशुल्क खाम 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- व्यक्तिगत घटना दर्ता र दर्ता कागजको महत्व दर्शाउन ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले दर्ता कागजसँगै खाम उपलब्ध गराउने भएको छ । 

 

प्रत्येक वडा कार्यालयबाट जारी हुने जन्मदर्ता, मृत्युदर्ता, बसाइँसराइ, विवाहदर्ता जस्ता नागरिकको अत्यन्त महत्वपूर्ण सरकारी कागजातहरुको दिगो सुरक्षाका लागि कागजसँगै खाम उपलब्ध गराइन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । 


गाउँपालिकाको वेबसाईट, इमेल र फेसबुक पेजको ठेगाना समेत प्रिण्ट गरिएको उक्त खाम प्लास्टिकको रहने र यो खाम निःशुल्क उपलब्ध हुने समेत प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए । 

 

हेर्दा सानो उपहार जस्तो देखिएपनि यो कार्यले दुईवटा महत्वपूर्ण जिम्मेवारी पूरा गर्ने देखिन्छ । पहिलो–व्यक्तिगत घटना दर्ताको महत्व आम नागरिकलाई बुझाउने छ । दोस्रो–महत्वपूर्ण कागजातको सुरक्षासँगै खोजेको बेला भेटिने अवस्था बन्ने छ । 

 

एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरी गाउँपालिकाले दिने छात्रवृत्ति प्राप्तिको पहिलोपटक आवेदन दिन आएका सिरिजंगा गाउँपालिका वडा नं १ सिनामका अतित अधिकारीलाई यो खाम उपलब्ध गरी पालिकाले यो अभियानको शुरुआत गरेको जनाएको छ ।