close

कोरोना संक्रमितको मृत्यु भएपछि मोलुङको श्रीचौर सिल

कोरोना संक्रमितको मृत्यु भएपछि मोलुङको श्रीचौर सिल

Trulli
ADVERTISEMENT

ओखलढुंगा- कोरोना संक्रमितका मृत्यु भएपछि मोलुङ गाउँपालिकाको वडा नं ६ शिल गरिएको छ । कोरोनाबाट उपचारका क्रममा ओखलढुंगा सामुदायिक अस्पतालमा एक व्यवसायी महिलाको मृत्यु भएपछि संक्रमण थप फैलन नदिन वडा सिल गरिएको हो ।


आगामी ५ भदौसम्म पूर्णरुपमा वडा सिल गरिएको वडाध्यक्ष रामकाजी तामाङले जानकारी दिए ।  सो अवधिमा कोरोना संक्रमण थप फैलन नदिन वडामा सबैखाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराउने नियम बनाइएको तामाङको भनाइ छ ।


आवत जावत र सवारी साधान चलाउन समेत रोक लगाइएको छ । होटल तथा पसलहरु पूर्ण रुपमा बन्द गरेर संक्रमण फैलन नदिने नीति लिइएको वडा कार्यालयले जनाएको छ । यो घटनासँगै ओखलढुंगामा कोरोना भाईरस सक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।