close

भेरीमा पोषण भत्ताको चर्चा, कन्काईले पशुहाटमा गर्ने भो खर्च (भिडियो खबर)

भेरीमा पोषण भत्ताको चर्चा, कन्काईले पशुहाटमा गर्ने भो खर्च (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर 

 

१) भक्तपुर नगरपालिकाका-१० मा सरस्वती फल्चा निर्माण गरिने, नगरप्रमुख सुनिल प्रजापतिले गरे फल्चाको शिलान्यास । 


२) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप अभियान जारी, खोप लगाउन नागरिकको उत्साहजनका सहभागिता । 


३) सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको सीतापुर स्वास्थ्य चौकीमा प्रसूति सेवा केन्द्र सञ्चालनमा आयो, गर्भवती र सुत्केरीलाई सहज हुने । 


४) स्याङ्जाको गल्याङ नगरपालिकाले एक जना सामाजिक परिचालक नियुक्त गर्ने, इच्छुकले सात दिन भित्र पालिकामा दरखास्त बुझाउनुपर्ने । 


५) बाढीपहिरोले बगाएका स्थानमा बेलिब्रिज वा यान्त्रिक पुल राख्ने स्थानको सर्वेक्षण गर्न सरकारको प्राविधिक टोली सिन्धुपाल्चोक पुग्यो, मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका जनप्रतिनिधिहरुसँग समन्वय गरेर ठाउँको सर्वेक्षण गरिने । 


६) जाजरकोटको भेरी नगरपालिकाका बालवालिका पोषण भत्ता पाउनबाट बञ्चित भएपछि जिल्ला प्रशासन कार्यालयले छानबिन सुरू गर्‍यो, एनआईसी एशिया बैंकको लापरवाहीले ९२० जना बालबालिका भत्ताबाट बञ्चित । 


७) नवलपुरको देवचुली नगरपालिका-११ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन, सेवाग्राहीलाई हुने भो सहज । 


८) तनहुँको घिरिङ गाउँपालिकाले एक जना अपाङ्गता सहयोगी करारमा नियुक्त गर्ने,  इच्छुकले ११ भदौभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने । 

 

९) काठमाडौंको बूढानिलकण्ठ नगरपालिका-१ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आयो, केन्द्रको एक कार्यक्रम गरि गरियो उद्घाटन । 

 

१०) दाङको राप्ती गाउँपालिका-१ को कार्यालमा हरेक महिनाको अन्तिम शनिबार निःशुल्क आँखा उपचार गरिने, नेपाल नेत्रज्योति संघ लमही र पालिकाको सहकार्यमा उपचार सुरु गर्ने सहमति ।

 

११) ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले व्यक्तिगत घटना दर्ता र दर्ता कागजको महत्व दर्शाउन दर्ता कागजसँगै खाम उपलब्ध गराउन थाल्यो, कागजातको सुरक्षामा सहयोग पुग्ने । 

 

१२) झापाको कन्काई नगरपालिकाले पशुहाट लाग्ने एक बिघा दश कठ्ठा जमिनको भोगाधिकारको अनुमति प्राप्त गर्‍यो, अब पालिकाले बजार व्यवस्थित गर्ने । 

 

१३) काभ्रेको पाँचखाल नगरपालिकामा ३२ साउनदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्न टोली खटिने, स्थानीयलाई आफ्नो वडामा विवरण भर्न पालिकाले जारी गर्‍यो सूचना ।

 

१४) पाँचथरको याङवरक गाउँपालिकाले किसानलाई अनुदानमा तरकारीको बिउ र मिनिकिट वितरण गर्न थाल्यो, किसानले वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने । 

 

१५) सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले नेपाल मास्क अभियान सुरु गर्‍यो, अभियानमा विभिन्न संघसंस्था र स्थानीयको साथ । 

 

१६) डडेलधुराको परशुराम नगरपालिकाको जोगबुडामा आँखा उपचार केन्द्र स्थापना, केन्द्रमा टेलिमेडिसिनको विधिबाट आँखाको उपचार हुने । 

 

१७) रूपन्देही प्रहरीद्वारा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्र शुक्ला नियन्त्रणमा, चोरीको आरोपमा प्रहरी हिरासतमा रहेका श्रीमानलाई छुटाइदिने भन्दै जवर्जस्ती करणी गरेको आरोप ।

 

१८) उदयपुरको कटारी नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण, पालिकाको सहयोगप्रति नागरिक नतमस्तक । 

 

१९) दुई दिनदेखिको अविरल वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिकाको विभिन्न भाग जलमग्न, जनजीवन प्रभावित । 

 

२०) महोत्तरीको बर्दिवास नगरपालिका-३ का कोरोना प्रभावित स्थानीयलाई वडा कार्यालय र सामुदायिक पैरवी मञ्च लगायतका संस्थाले सहायता प्याकेज वितरण गरे ।