close

जुम्लाको खलंगामा मास्क बैंक

जुम्लाको खलंगामा मास्क बैंक

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्ला सदरमुकाम खलंगामा मास्क बैंकको स्थापना भएको छ । नेपाल सरकारले शुरुगरेको नेपाल मास्क अभियानलाई थप प्रभावकारी बनाउन जुम्लामा मास्क बैंकको स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले बजारमा मास्क नलगाएर आउने महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई मास्क दिएर मास्क बैंकको उद्घाटन गरेकी हुन् । 


मास्क वितरणकै क्रममा कोरोना संक्रमणबाट बच्न तथा धुलो धुवाँ र प्रदुषणबाट जोगिनका लागि पनि मास्क अनिवार्य लगाउनु पर्ने भन्दै उनले सुझाएकी थिइन् ।


साथै गणपति रविन थापा, शसस्त्र बलका एसपी गगन श्रेष्ठ, नेपाल प्रहरीका डिएपी दान बहादुर थापाले स्थानीयलाई मास्क वितरण गरेका छन् । हुनेले दिएर जानुहोस र नहुनेले लिएर जानु भन्ने नाराका साथ जुम्ला बजारको केन्द्र बालमन्दिर नजिक मास्क बैंक स्थापना गरीएको हो । 

 

जुम्लाको जिल्ला कोभिड व्यवस्थापन समितिले स्थानीय प्रशासन, सुरक्षा निकाय र जिल्ला जनस्वास्थ्य सेवा कार्यालयसहित सरोकारवालाहरुको समन्वयमा मास्क बैंक स्थापना गरिएको हो । कसैको मास्क नभएको समयमा मास्क दिँदै मास्क लगाउने र मास्क भएकाले मास्क दिएर अरुलाई सघाउने हिसाबले मास्क बैंक स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले जानकारी दिइन् । 


सबै सरकारी तथा गैरसरकारी कार्यालयमा पनि मास्क अनिवार्य गरिएको छ । मास्क बैंकलाई निरन्तरता दिन तथा स्थानीयलाई राहत दिनका लागि मास्कदाताहरुलाई सहयोग गर्नसमेत अपिल गरिएको छ ।


धेरैजसोले माक्स भएर पनि मास्क प्रयोग नगर्ने तर, कोहीको मास्क किन्ने आर्थिक अवस्थासमेत नभएको हँुदा यो अभियान महत्वपूर्ण रहेको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र शाहीले बताए । उनले जिल्लाका सबै स्थानीय तह तथा बजार क्षेत्रमा मास्क बैंक गर्न आवश्यक रहेको बताए ।


मास्क बैंक भने सशस्त्र प्रहरीका निगरानीमा हुनेछ । सशस्त्र प्रहरीले मुख्य बजार क्षेत्रमा मास्क नभएकालाई ड्यूटिनै दिएर खुला स्थानमा मास्क बैंकको व्यवस्थापनमा खटिएको छ ।