close

यस वर्षकाे गाईजात्रा पनि औपचारिकतामै सीमित हुने

यस वर्षकाे गाईजात्रा पनि औपचारिकतामै सीमित हुने

Trulli
ADVERTISEMENT

भक्तपुर- कोरोनाको संक्रमण बढेसँगै यस वर्ष भक्तपुरको गाईजात्रा औपचारिकतामा सीमित गरिने भएको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएको तेस्रो लहरको चुनौती थपीएकाले भक्तपुर नगरपालिकाले गाइजात्रा (सापारु) औपचारिक रुपमा सीमित गर्न आग्रह गरेको छ । 

 

यो वर्षकोे जनैपूर्णिमा/गाईजात्रा पर्व सामान्य औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र सांस्कृतिक प्रदर्शनीहरु नगर्न नगरपालिकाले सबैमा अनुरोधसमेत गरेको छ । 


वडाका सांस्कृतिक गुरु एवम् सांस्कृतिक प्रतिनिधिहरु र जनप्रतिनिधिसहितको बैठकले सापारुको दिन ताहा साँ नगर परिक्रमा गराइँदा एउटा टोलीमा बढीमा २० जनासम्म मात्र सहभागी गराउन अनुरोध गर्ने निर्णय गरेको पालिकाले जनाएको छ ।


बैठकमा जात्रासँग सम्बन्धित सांस्कृतिक गुरु तथा सांस्कृतिक समुहका प्रतिनिधिहरूले कोरोना संक्रमणको जोखिम यथावत रहेको हुँदा यस वर्षको गाईजात्रालाई गत वर्ष जस्तै औपचारिकतामा सीमित गर्नुपर्ने, गाईजात्रा प्रदक्षिणा मार्गमा आवश्यक सरसफाई र क्लोरिन छर्कनुपर्ने, भीड जम्मा हुने खालका कुनै किसिमको सांस्कृतिक प्रदर्शनीमा रोक लगाउनुपर्ने, कोभिडबारे जनतालाई सचेत पार्न माइकिङ गर्नुपर्ने, गाईजात्रा व्यवस्थित गर्न स्वयम् सेवकहरू परिचालन गर्नुपर्ने लगायतका राय-सुझावहरू प्रस्तुत गरेका थिए ।