close

क्वाठण्डौंस्थित सरस्वती फल्चाकाे शिलान्यास

क्वाठण्डौंस्थित सरस्वती फल्चाकाे शिलान्यास

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिका वडा नम्बर १० स्थित सरस्वती फल्चा(पाटी) पुनर्निर्माणका लागि शिलान्यास गरिएको छ । पालिकाले क्वाठण्डौंस्थित सरस्वती फल्चाको नगरप्रमुख सुनील प्रजापतिले शिलान्यास गरेका हुन् ।


फल्चालाई मौलिक शैलीमा दाचीअपा, चुन, सुकी, झिगंटीको प्रयोग गरि पुनर्निर्माण गर्न लागेको हो । फल्चा निर्माणको लागि पालिकाले २४ लाख रुपैयाँ लागत इस्टिमेट गरेको छ ।


नगरप्रमुख प्रजापतिले मौलिकताबिनाको ऐतिहासिक सम्पदा पुनःनिर्माणको अर्थ नभएको बताए । प्रजापतिले सम्पदा पुनःनिर्माणको काम भनेको इतिहास निर्माण गर्ने काम भएकाले इतिहास जोगाएर भावी पुस्तामा हस्तान्तरण गर्ने काममा कुनै किसिमको हेलचेक्र्याइँ गर्न नहुने बताए । उनले सयौं वर्ष टिक्ने यी सम्पदा पुनःनिर्माणको काम गुणस्तरीय हुनु जरुरी रहेकाेमा समेत सबैकाे ध्यानाकर्षण गराएका छन् ।’

 

भक्तपुर नगरपालिकाको बजेटमा उपभोक्ता समितिमार्फत सरस्वती फल्चा पुनःनिर्माण कार्य समयमै सम्पन्न हुने विश्वास उनले व्यक्त गरे । नगरप्रमुख प्रजापतिले जनताकै सक्रिय सहभागितामा फल्चा पुनःनिर्माणको काम छिटो र गुणस्तरीय ढंगले सम्पन्न गर्न आग्रह गरे । 
    
उनका अनुसार २०७२ सालको विनासकारी भूकम्पले सो फल्चामा क्षति पुगेको थियो । फल्चाको संरक्षणको लागि उपभोक्ता समितिमार्फत पुनर्निर्माण गर्न लागिएको हो ।