close

व्यासले नयाँ सहर बसाउने, शिवनाथले विद्यार्थी पढाउने (भिडियो खबर)

व्यासले नयाँ सहर बसाउने, शिवनाथले विद्यार्थी पढाउने (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर 

 

१) गोरखाको पालुङटार नगरपालिकाले वडा नम्बर ७ को कोलडाँडामा कुमाल समुदायको संग्रहालय बनाउन थाल्यो, संग्रहालयमा कुमाल समुदायको भेषभूषा र संस्कृति झल्कने परम्परागत सामान राखिने । 


२) काठमाडौंको कीर्तिपुर नगरपालिकाको आयोजनामा वडा नम्बर ९ मा गड्यौले मल उत्पादन सम्बन्धी तालिम जारी, २३ असोजसम्म चल्ने तालिममा स्थानीयको सहभागिता ।

 
३) तनहुँको व्यास नगरपालिकाले बैरेनीमा जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने, २६० रोपनी जग्गालाई एकीकृत गरी नयाँ मोडलको सहर बसाउने पालिकाको योजना । 


४) बैतडीको शिवनाथ गाउँपालिकाले २ भदौदेखि विद्यालय पुनः सञ्चालन गर्ने, विद्यार्थीको उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने पालिकाको निर्णय  । 


५) बाँकेको कोहलपुर नगरपालिकाले एक जना मेडिकल अधिकृत करारमा नियुक्त गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने । 


६) गुल्मीको रेसुंगा नगरपालिकाको प्रशासकीय भवन चारीखोलामा तयार, नयाँ भवनमा कार्यालयको सरसामान सार्न पालिकाको सेवा ३ भदौसम्म बन्द हुने ।


७) काभ्रेको पाँचखाल नगरपालिकामा ३२ साउनदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्न टोली खटिने, स्थानीयलाई आफ्नो वडामा विवरण भर्न पालिकाले जारी गर्‍यो सूचना । 


८) धनुषाको शहिदनगर नगरपालिकाको यदुकुहास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा इमर्जेन्सी सेवा सुरु, पालिकावासीले पाउने भए घर नजिकै स्वास्थ्य सेवा । 


९) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले कोरोना रोकथामका लागि मास्क खोइ अभियान सुरु गर्‍यो, अभियानमा स्थानीय र संघ-संस्थाको साथ । 


१०) धनकुटाको छथर जोरपाटी गाउँपालिकाले भू-उपयोग नीतिका लागि सर्भेक्षण सुरु गर्‍यो, जथाभावी प्लटिङ र उत्खनन् बन्द हुने । 

 

११) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप अभियान जारी, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता । 

 

१२) तनहुँको घिरिङ गाउँपालिकाले एक जना अपाङ्गता सहयोगी करारमा नियुक्त गर्ने,  इच्छुकले ११ भदौभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने । 


१३) २६ साउनमा प्रस्तुत गाउँपालिकाको बजेट पारित गर्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले २ भदौमा गाउँसभा बैठक आह्वान गर्‍यो, नीति, कार्यक्रम पनि पारित गरिने । 

 

१४) सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएका स्थानीयलाई राहत उपलब्ध गराउने, कोरोना परीक्षणका लागि स्थानीयले वडाको स्वास्थ्य चौकीमा सम्पर्क गर्नुपर्ने । 

 

१५) गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ७ ले एम्बुलेन्स सेवा सञ्चालनमा ल्यायो, गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई निुःशल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने । 

 

१६) कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको धनगढी पोलिटेक्निक इन्स्टिच्युटले डिप्लोमा तहमा विद्यार्थी भर्ना आवेदन खुला गर्‍यो, इन्स्टिच्युटमा १८ भदौसम्म आवेदन दिन सकिने । 

 

१७) पाँचथरको याङबरक गाउँपालिकाले किसानलाई अनुदानमा तरकारीको बिउ र मिनिकिट वितरण गर्न थाल्यो, किसानले वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने । 

 

१८) काठमाडौंको चन्द्रागिरि नगरपालिका ३ नम्बर वडाले नयाँ कार्यालयबाट सेवा सुरु गर्‍यो,  आयल निगमको डिपो नजिकै भवन तयार । 

 

१९) काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ को कार्यालय भवन तयार, नयाँ भवनमा सरसामान सार्न ३१ साउनमा वडा कार्यालयको सेवा बन्द हुने । 

 

२०) बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधालाई थप प्रभावकारी बनाउने, गत वर्षको स्वास्थ्य क्रियाकलापको पालिका स्तरीय समीक्षा सुरु ।