close

सहकारी अनुगमनमा निस्कियो भक्तपुर

सहकारी अनुगमनमा निस्कियो भक्तपुर

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाले पालिकाभित्र सञ्चालित सहकारी संस्थालाई व्यवस्थित र पारदर्शी बनाउन अनुगमन गर्दै आइरहेको जनाएको छ । पालिकाले नगरका स्थानीयको बचत सुरक्षित गर्न सहकारी संस्थाको अनुगमन गर्दै आएको हो । 

 

नगरपालिकाको वडा नम्बर ५ आदर्श बसस्टपस्थित सन्तति विकास बचत तथा ऋण सहकारी संस्था को अनुगमनका क्रममा व्यवस्थित हिसाबकिताब राख्न, बचत, ऋण, बैंक मौज्दात र नगदबारे हिसाब–किताबसहित नगरपालिकामा उपस्थित हुन अनुगमन टोलीले निर्देशन दिएको छ ।


त्यस्तै, वडा नम्बर ४ गपलीस्थित नेफ्स्कुन कार्यालयमा अनुगमन गर्दा केन्द्रीय कार्यालयको वार्षिक कार्यक्रम भएकाले कार्यालय बन्द भएको जानकारी प्राप्त भएको थियो ।


४ नम्बर वडाकै गपलीस्थित पान बचत तथा ऋण सहकारी संस्थामा गत वर्ष अनुगमनका क्रममा देखिएका कैफियत के–कति सुधार गरेको हो सोसम्बन्धी फाइल अध्ययन गरी पुनः सुधार गर्नुपर्ने विषय तीन महिनाभित्र सुधार गर्ने संस्थाका व्यवस्थापकले जानकारी दिएको नगरपालिकाले बताएको छ ।


अनुगमनमा भक्तपुर नगरपालिका सहकारी संस्था अनुगमन समितिका संयोजक हरिप्रसाद वासुकला, सदस्यहरू जितेन्द्र मुनकर्मी, श्यामसुन्दर माता, हरिरत्न गोर्खाली, रन्जना त्वाती र सहकारी अधिकृत रेभिड कुस्माको उपस्थिति थियो ।