close

जुम्लाका स्थानीय तहमध्ये सिञ्जा र तिलाको बढी बेरुजु

जुम्लाका स्थानीय तहमध्ये सिञ्जा र तिलाको बढी बेरुजु

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाका आठवटै स्थानीय तहमध्ये सबैभन्दा बढी सिञ्जा र तिला गाउँपालिकाको बेरुजु महालेखापरीक्षकको कार्यालयले देखाएको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार सिञ्जाको १९ दशमलव ०३ प्रतिशत अर्थात  १२ करोड ६४ लाख २४ हजार रुपैयाँ बेरुजु रहेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । 

 

सिञ्जापछि तिलाको बेरुजु रकम बढी छ । महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख भएअनुसार तिला गाउँपालिकाको १३ दशमलव ९१ प्रतिशत अर्थात्  ११ करोड ७५ लाख ६९ हजार छ । यस्तै चन्दननाथ नगरपालिकाको छ प्रतिशत अर्थात् ५ करोड ६६ लाख ८९ हजार रुपैयाँ छ ।

 

कनकासुन्दरी गाउँपालिकाको ५।०१ प्रतिशत अर्थात् ३ करोड ३८ लाख १२ हजार, पातारासी गाउँपालिकाको ४.९८ प्रतिशत अर्थात् ३करोड ४८ लाख पाँच हजार बेरुजु देखिएको छ ।

 

हिमा गाउँपालिकाको १.३१ प्रतिशत अर्थात् ८४ लाख ४३ हजार, गुठीचौर गाउँपालिकाको शून्य दशमलव ८२ प्रतिशत अर्थात् रु ४५ लाख ४९ हजार र तातोपानी गाउँपालिकाको शून्य दशमलव ७३ प्रतिशत अर्थात् ४६ लाख ८५ हजार बेरुजु रहेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

कनकासुन्दरी गाउँपालिकाको रु ६७ करोड ५३ लाख ४६ हजार, गुठीचौरको  ५५ करोड ४८ लाख १० हजार, तातोपानीको  ६३ करोड ९३ लाख आठ हजार रकम लेखा परीक्षण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

यस्तै तिला गाउँपालिकाको  ८४ करोड ५३ लाख ७८ हजार, पातारासीको  ६९ करोड ८३ लाख १८ हजार, सिञ्जाको  ६६ करोड ४४ लाख ३९ हजार, हिमाको  ६४ करोड ४९ लाख तीन हजार र चन्दननाथ नगरपालिकाको रु ९४ करोड ५५ लाख ५३ हजार रकम लेखापरीक्षण गरिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।