close

सैनामैनामा जग्गा नाप्ने चटारो, चाँगुमा बसपार्क बनाउँने हतारो (भिडियो खबर) 

सैनामैनामा जग्गा नाप्ने चटारो, चाँगुमा बसपार्क बनाउँने हतारो (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा अनाज तरकारी तथा फलफूल खरिद बिक्री केन्द्र सञ्चालन, पालिकाका अध्यक्ष बिदुर हुमागाईंले गरे केन्द्रको उद्घाटन । 


२) ललितपुर महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गर्‍यो, स्वास्थ्य मापदण्ड पालना गर्न पालिकाको सुझाव । 


३) कपिलवस्तुको वाणगंगा नगरपालिकाले पशुपंक्षी तथा मत्स्य फार्म नवीकरण गर्न जारी गर्‍यो सूचना, भदौ मसान्तभित्र फार्म दर्ता नगरे पालिकाले चालू वर्षको अनुदान कार्यक्रममा समावेश नगर्ने । 


४) बाँकेका पाँच स्थानीय तहका १२ वडा बालविवाह मुक्त वडा घोषणा, अभियानमा स्याक नेपाल नामक संस्थाले दियो साथ । 


५) स्याङ्जाको पुतलीबजार नगरपालिकाको आयोजनामा कर्मचारीका लागि क्षमता विकास सम्वन्धि तालिम जारी, सात दिने तालिलमा २५ कर्मचारीको सहभागिता । 


६) रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको आयोजनामा पुनर्ताजगी तालिम सम्पन्न, तालिममा कर्मचारीले जनाएका थिए सहभागिता । 


७) काठमाडौंको कीर्तिपुर नगरपालिकाको आयोजनामा वडा नम्बर ९ मा गड्यौले मल उत्पादनसम्बन्धी तालिम जारी, २३ असोजसम्म चल्ने तालिममा स्थानीयको सहभागिता । 


८) रूपन्देहीको सैनामैना नगरपालिकाले गाउँ ब्लक जग्गाको नापी गर्न सुरु गर्‍यो , ८ वटा ब्लकको जग्गा नापजाँच गरिने । 


९) भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरकोटमा बसपार्क निर्माण गर्न सुरु गर्‍यो, बसपार्क निर्माण गर्न पर्यटन मन्त्रालयले दियो पालिकालाई साथ । 


१०) इलामको सूर्योदय नगरपालिकाको आयोजनामा उद्वार कार्य सम्बन्धी तालिम जारी, तालिम ७ भदौसम्म चल्ने तालिममा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता ।

 
११) दाङको बंगलाचुली गाउँपालिकाले सिमेन्ट उद्योगका चुनढुंगा ढुवानी गर्ने टिपर राति मात्र सञ्चालन गर्न दिने, साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म समय निर्धारण । 

 

१२) मोरङको लेटाङ नगरपालिका-२ ले लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता बाँड्न थाल्यो, नेपाल-बंगलादेश बैंकको बुधबारे शाखाबाट भत्ता बुझ्न सकिने । 

 

१३) तनहुँको घिरिङ गाउँपालिकाले एक जना अपाङ्गता सहयोगी करारमा नियुक्त गर्ने,  इच्छुकले ११ भदौभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने । 

 

१४) काठमाडौं महानगरपालिकाले नउठाउँदा चोक-चोकमा थुप्रियो फोहोरको डंगुर, फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएको भन्दै महानगर पन्छिएको पालिकाबासीको गुनासो । 


१५) रामेछापको मन्थली नगरपालिकाले एक जना वित्तिय साक्षरता सहजकर्ता करारमा नियुक्त गर्ने, प्रयोगात्मक र लिखित परीक्षा ८ भदौमा हुने । 

 

१६) कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन कञ्चनपुरको भीमदत्त नगरपालिकाले एम्बुलेन्स र शव वाहन सेवा सञ्चालनमा ल्यायो, दुवै सेवा सञ्चालनका लागि पालिकाले निर्देशिका तयार गर्ने । 

 

१७) भक्तपुर नगरपालिकाले ख्वप अस्पताल भवन निर्माणका लागि विभिन्न निर्माण सामग्रीसहितको ठेक्कासम्बन्धी सूचना जारी गर्‍यो, ४ असोजसम्म बोलपत्र पेस गर्न सकिने । 

 

१८) रूपन्देहीको तिलोत्तमा नगरपालिकाले ४८ घण्टे तालिम प्राप्त मेलमिलापकर्तालाई सूचीकृत हुन सूचना जारी गर्‍यो, ७ भदौसम्म सूचीकृत हुनुपर्ने । 

 

१९) देशभर पालिकाले तोकेको केन्द्रमा कोरोनाविरुद्धको खोप लगाइदैँ, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता । 

 

२०) सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका-३ भोताङकी एक गर्भवतीलाई स्वास्थ्यमा समस्या आएपछि जनप्रतिनिधिको पहलमा हेलिकप्टरमार्फत उद्धार गरि काठमाडौं ल्याइयो ।