close

ङिस्याङमा सडक खन्ने हतारो, सन्धिखर्कमा विमानस्थलको चटारो (भिडियो खबर)

ङिस्याङमा सडक खन्ने हतारो, सन्धिखर्कमा विमानस्थलको चटारो (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १० को शिखरबार्नीमा बनिरहेको अर्घा भगवती विमानस्थलको दोस्रो चरणको काम सुरु, प्रदीप प्रतिभा खनाल ब्रदर्स जेभीले तीन करोड ५६ लाख रुपैयाँमा ठेक्का पायो । 


२) काभ्रेको धुलिखेल नगरपालिकाको  ४९औँ नगरकार्यपालिका बैठक सम्पन्न, बैठकले गर्‍यो विभिन्न महत्वपूर्ण निर्णय । 


३) रूपन्देहीको सैनामैना नगरपालिकामा गाउँ ब्लक जग्गाको नापी जारी, ८ वटा ब्लकको जग्गा नापजाँच गरिने । 


४) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ ले छनोट भएका योजना सञ्चालनका लागि उपभोक्ता समिति गठन गर्न सूचना जारी गर्‍यो, समितिले जतिसक्दो चाँडो वडामा कागजपत्र पेस गर्नुपर्ने । 


५) बाँकेको कोहलपुर नगरपालिकाले क्याटलग विधिबाट एम्बुलेन्स खरिद गर्न सूचना जारी गर्‍यो, एम्बुलेन्स बिक्रेताले दस दिनभित्र पालिकामा सम्पर्क गर्नुपर्ने । 


६) सप्तरीको कञ्चनरुप नगरपालिकाले अनुमति र नवीकरण नगरी व्यवसाय, तथा संघसंस्था सञ्चालन नगर्न सूचना जारी गर्‍यो, १५ दिनभित्र दर्ता र नवीकरण गरिसक्नुपर्ने । 


७) दाङको लमही नगरपालिकाको न्यायिक समितिको आयोजनामा मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु, तालिम १५ भदौसम्म चल्ने । 


८) देशभर पालिकाले तोकेको केन्द्रमा कोरोनाविरुद्धको खोप लगाइँदै, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता । 


९) महोत्तरीको गौशाला नगरपालिकाले सञ्चालन गरेको गौशाला प्राविधिक शिक्षालयमा डिप्लोमा र प्रमाणपत्र तहको कक्षा सञ्चालन हुने, इच्छुक विद्यार्थीले १८ भदौभित्र आवेदन दिनुपर्ने । 


१०) रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठक १० भदौमा बस्ने, बैठकमा विपद् व्यस्थापन उपसमितिले तयार पारेको प्रतिवेदनलगायत विषयमा छलफल हुने । 

११) कालिकोटको खाडाचक्र नगरपालिकाले विद्यालय सञ्चालनमा ल्यायो, विद्यार्थीको उपस्थितिमा पठनपाठन सुरु । 

 

१२) बाढीपहिरोले सडकमा क्षति गरेपछि मनाङको ङिस्याङ गाउँपालिका-१ को भ्राताङ भीरमा ब्लास्टिङ गरेर सडकको ट्रयाक खोल्न सुरु, स्थानीयलाई आवतजावतमा सहज हुने । 
 

१३) दाङको राप्ती गाउँपालिकाको पशु सेवा शाखाले नयाँ भवनबाट सेवा सुरु गर्‍यो, वडा नम्बर ४ को गोपीनालामा नयाँ भवन तयार । 


१४) मोरङको पथरी शनिश्चरे नगरपालिकालाई विराट नेपाल मेडिकल ट्रस्टले विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गरायो, कोरोना रोकथाम तथा नियन्त्रणमा सामग्रीले सहयोग पुर्‍याउने । 


१५) काभ्रेको नमोबुद्ध नगरपालिकामा रेयुकाई मासुनागा आँखा अस्पतालद्वारा घरदैलो आँखा परीक्षण सुरु, बालबालिकालाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रम नगरका सबै वडा र टोलमा सञ्चालन हुने । 

 

१६) काठमाडौंको कीर्तिपुर नगरपालिकाको आयोजनामा वडा नम्बर ९ मा गड्यौले मल उत्पादनसम्बन्धी तालिम जारी, २३ असोजसम्म चल्ने तालिममा स्थानीयको सहभागिता । 

 

१७) मोरङको लेटाङ नगरपालिकाले कृषि व्यवसाय प्रवद्धन र कृषि यान्त्रिकीकरण कार्यक्रम सञ्चालन गर्ने, कृषक तथा कृषि समूहले १६ भदौभित्र पालिकामा प्रस्ताव पेस गर्नुपर्ने । 


१८) पर्साको पर्सागढी नगरपालिकाले नगर क्षेत्रका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने, नेपाल रेडक्रस र पालिकाबीच सम्झौता । 


१९) स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले २० रोपनी जमिनमा व्यावसायिक फूल खेती सुरु गर्‍यो, फूल आयात रोक्ने पालिकाको योजना । 


२०) जाजरकोटको छेडागाड नगरपालिकाको कृषि शाखामा कार्यरत भुवानी सुन्दर रोकायको निधनको शोकमा पालिका र मातहतका कार्यालय ९ भदौमा बन्द हुने ।