close

पूर्वीचौकीमा बाँदर धपाउन बन्दुकको भर, पञ्चैबाजा बजाएर उठाइँदै कर (भिडियो खबर)

पूर्वीचौकीमा बाँदर धपाउन बन्दुकको भर, पञ्चैबाजा बजाएर उठाइँदै कर (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) दाङको लमही नगरपालिकाको न्यायिक समितिको आयोजनामा मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु, तालिम १५ भदौसम्म चल्ने । 


२) तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रतिविद्यालय एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने, कार्यपालिकाको बैठकले गर्‍यो यस्तो निर्णय । 


३) इलाम नगरपालिकाले विभिन्न पाँच समिति पुनर्गठन गर्‍यो, समितिले अब आफ्ना गतिविधि अघि बढाउने । 


४) किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि डोटीको पूर्वीचौकी गाउँपालिकाले किसानलाई बाँदर धपाउने बन्दुक वितरण गर्‍यो, २५ वटा बन्दुक वडाका रोहबरमा हस्तान्तरण । 


५) काभ्रेको नमोबुद्ध नगरपालिकामा रेयुकाई मासुनागा आँखा अस्पतालद्वारा घरदैलो आँखा परीक्षण सुरु, बालबालिकालाई लक्षित कार्यक्रम नगरका सबै वडा र टोलमा सञ्चालन हुने । 

 

६) देशभर पालिकाले तोकेको केन्द्रमा कोरोनाविरुद्धको खोप लगाइँदै, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता । 


७) सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले कोरोनाविरुद्ध खोपको पूरै डोज नलाएका पर्यटक तथा यात्रुका लागि पिसिआरको नेगेटिभ रिपोर्ट अनिवार्य गर्‍यो, संक्रमणको जोखिम बढेपछि पालिकाले गर्‍यो कडाइ । 


८) काठमाडौं महानगरपालिकाले कर नतिर्ने करदाताको घर-आँगनमा पञ्चैबाजा बजाउन थाल्यो, करदातालाई रचनात्मक दबाब दिने पालिकाको उद्देश्य । 


९) रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले आयोजना छनौट गरि पठाउन सूचना जारी गर्‍यो, उपभोक्ता समिति गठन गरि २० भदौभित्र स्थानीयले पालिकामा सम्पर्क गर्नुपर्ने । 

 

१०) बाढीपहिरोले कार्यालयमा क्षति गरेपछि लमजुङ सरेको मनाङको नासों गाउँपालिकाले धारापानीबाट सेवा दिन थाल्यो, पालिकावासीलाई सहज । 


११) ताप्लेजुङको मैवाखोला गाउँपालिका बन्यो कोरोना संक्रमणमुक्त पालिका, जिल्लामा पछिल्लो समय संक्रमित घट्दै ।

 

१२) उदयपुरको बेलका नगरपालिकाले वडा नम्बर ४ का अव्यवस्थित सुकुम्बासी नागरिकलाई लालपुर्जा वितरण गर्नुपूर्व दिइने निस्सा वितरण गर्‍यो, निस्सा पाउँदा स्थानीय दंग । 


१३) सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले एक जना इन्जिनियर करारमा नियुक्त गर्ने, इच्छुकले १८ भदौसम्म पालिकामा दरखास्त बुझाउनुपर्ने । 

 

१४) रूपन्देहीको तिलोत्तमा नगरपालिकाले प्रयोगमा ल्याएका अनलाइन प्रणाली र एप्लिकेसनका बारेमा वडा सदस्य र टोल विकासका प्रतिनिधिलाई जानकारी दिन सुरु गर्‍यो, कार्यक्रम १८ भदौसम्म सञ्चालन हुने । 


१५) बाँकेको कोहलपुर नगरपालिकाले विद्यालय, सडक कालोपत्रे तथा वडा कार्यालयको अधुरो भवन निर्माण गर्न बोलपत्र आह्वानसम्बन्धी सूचना जारी गर्‍यो, बोलपत्रका लागि ३० दिने समयावधि । 

 

१६) दाङको राप्ती गाउँपालिकाको पशु सेवा शाखाले नयाँ भवनबाट सेवा सुरु गर्‍यो, वडा नम्बर ४ को गोपीनालामा नयाँ भवन तयार । 

 

१७) धनकुटा नगरपालिकाले फोहोर व्यवस्थापनमा नयाँ कामको थालनी गर्‍यो, पुनः प्रयोग गर्ने सामग्री बेलिङ मेसिनबाट कम्प्याक्सन गरी उद्योगलाई पठाउन सुरु । 


१८) काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले कृषि परियोजनाअन्तर्गत पकेट विकास कार्यक्रम सञ्चालन गर्ने, सहभागी हुन २३ भदौसम्म आवेदन दिनुपर्ने । 

 

१९) भोजपुर नगरपालिकाकाको यशोधरा माध्यमिक विद्यालयको भवन निर्माण, नवनिर्मित भवनको नगरप्रमुख कैलाश आलेले गरे उद्घाटन । 


२०) जाजरकोटको छेडागाड नगरपालिकाको कृषि शाखामा कार्यरत भुवानी सुन्दर रोकायको निधनको शोकमा पालिका र मातहतका कार्यालय बन्द ।