close

सुनकोसीले दिने भो खेत जोत्ने हलो, राप्तीले गर्‍यो बाआमालाई भलो (भिडियो खबर)

सुनकोसीले दिने भो खेत जोत्ने हलो, राप्तीले गर्‍यो बाआमालाई भलो (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) रूपन्देहीको तिलोत्तमा नगरपालिकाले प्रयोगमा ल्याएका अनलाइन प्रणाली र एप्लिकेसनबारे वडा सदस्य र टोल विकासका प्रतिनिधिलाई जानकारी दिन सुरु गर्‍यो, कार्यक्रम १८ भदौसम्म सञ्चालन हुने । 


२) चितवनको कालिका नगरपालिकाले सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गर्‍यो, चार वटा विद्यालयले पाए स्कुल बस । 


३) काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले तीन महिने ढाका बुनाइ तालिमा सञ्चालन गर्ने, तालिममा सहभागी हुन इच्छुकले १६ भदौसम्म पालिकामा सम्पर्क गर्नुपर्ने । 


४) काठमाडौं महानगरले कर नतिर्नेको घर-आँगनमा बजाउन थाल्यो पञ्चैबाजा, महानगरले करदाताबाट ७० करोड रुपैयाँ सम्पत्ति कर उठाउन बाँकी । 

 

५) दाङको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरी दिवा सेवा सुरु गर्‍यो, मसुरिया र सिसहनियामा सेवा सञ्चालनमा आएपछि ज्येष्ठ नागरिक दंग । 


६) देशभर पालिकाले तोकेको केन्द्रमा कोरोनाविरुद्धको खोप लगाइँदै, पहिलो र दोस्रो मात्राको खोप लगाउन पालिकाले तोके विभिन्न केन्द्र । 


७) कपिलवस्तुको विजयनगर गाउँपालिकाले विभिन्न पदमा करारमा कर्माचारी नियुक्त गर्ने, इच्छुकले २४ भदौसम्म पालिकामा दरखास्त बुझाउनुपर्ने । 


८) पाल्पाको रामपुर नगरपालिका वडा नम्बर ४ स्थित लक्ष्मीनारायण गुठीमा रहेको ऐतिहासिक पाटीको पुनः निर्माण गरिने, नगरप्रम्ख रमणबहादुर थापाले गरे पाटीको शिलान्यास ।

 
९) काठमाडौंको कीर्तिपुर नगरपालिकाले विद्यालयको लेखा परीक्षण गर्न सूचीकृत लेखापरीक्षकसँग इच्छापत्र माग गर्‍यो, इच्छुकले सात दिनभित्र पालिकामा कागजपत्रसहित निवेदन दिनुपर्ने । 


१०) दाङको लमही नगरपालिकाको न्यायिक समितिको आयोजनामा मेलमिलापसम्बन्धी आधारभूत तालिम जारी, तालिम १५ भदौसम्म चल्ने । 

 

११) बाढीपहिरोले कार्यालयमा क्षति गरेपछि लमजुङ सरेको मनाङको नासों गाउँपालिकाले धारापानीबाट सेवा दिन थाल्यो, पालिकाबासीलाई सहज । 


१२) सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गर्ने, इच्छुक कृषक तथा कृषि समूहले पालिकामा निवेदन दिनुपर्ने । 

 

१३) रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, बैठकमा विपद् व्यस्थापन उपसमितिले तयार पारेको प्रतिवेदनलगायत विषयमा भयो छलफल । 


१४) बाढीपहिरोले सडकमा क्षति गरेपछि मनाङको ङिस्याङ गाउँपालिका-१ को भ्राताङ भीरमा ब्लास्टिङ गरेर सडकको ट्रयाक खोल्न सुरु, स्थानीयलाई आवतजावतमा सहज हुने । 

 

१५) सप्तरीको कञ्चनरूप नगरपालिकाले निजी अस्पताल तथा क्लिनिकलाई अनुमति लिन र नवीकरण गर्न सूचना जारी गर्‍यो, दस दिनभित्र दर्ता र नवीकरण गरिसक्नुपर्ने । 


१६) रौतहटको देवाही गोनाही नगरपालिकाले गर्भवती तथा सुत्केरीलाई पोषण स्वास्थ्य सामग्री वितरण गर्‍यो, २३ सयलाई सामग्री वितरण गर्ने पालिकाको लक्ष्य । 

 

१७) पाल्पाको तानसेन नगरपालिकाले बालबालिकाका लागि तयार गरेको सिकाइ पुस्तिका र स्यानिटरी प्याड विद्यालयलाई हस्तान्तरण गर्‍यो, विद्यालयले दुवै सामग्री विद्यार्थीलाई वितरण  गर्ने । 


१८) सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र विज्ञापन कर संकलनको जिम्मेवारी पाएको सहारा निर्माण सेवाले कर नतिर्ने २६ कम्पनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गर्‍यो, होडिङबोर्ड राखेबापत  एक लाख ५० हजार रुपैयाँ मात्र कर संकलन 


१९) सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले एक जना इन्जिनियर करारमा नियुक्त गर्ने, इच्छुकले १८ भदौसम्म पालिकामा दरखास्त बुझाउनुपर्ने ।

 
२०) सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले स्लेट ढुंगाको राजस्व संकलनका लागि सिपी निर्माण सेवासँग गर्‍यो सम्झौता ।