close

मानसरोवर दर्शन गर्न सद्गुरुसहितको टोली सीमकोट पुग्यो 

मानसरोवर दर्शन गर्न सद्गुरुसहितको टोली सीमकोट पुग्यो 

Trulli
ADVERTISEMENT

हुम्ला– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नम्बर ६ मा रहेको लिमी भ्यालीको ५ हजार मिटर उचाइँको लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्न सद्गुरुसहितको टोली बुधबार सीमकोट आइपुगेको छ ।


हिन्दु र बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण तीर्थस्थलका रूपमा चिनिने कैलाश मानसरोवरको दर्शनका लागि सद्गुरुसहित १०३ जनाको टोली सीमकोट आइपुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।


सद्गुरु काठमाडौंबाट सीमकोट आइपुगेका हुन् भने यसअघि विभिन्न देशका तीर्थयात्री आइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हेरम्बा शर्माले बताए । 
यसअघि हुम्लामा भारतीय तीर्थयात्रीको टोली सीमकोट हुँदै नाम्खा गाउँपालिकाको लिमी लाप्चामा पुगेर मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता भएको छ । 


उक्त टोलीले हेलिकोप्टरमार्फत मानसरोवरको दर्शन गरेको थियो भने जिल्लामा आइपुगेको टोलीले पैदल मार्ग हुँदै कैलाश मानसरोवरको दर्शन गर्ने मानसरोवर होटलका व्यवसायी चीन रावलले जानकारी दिए ।