close

बाढीले खोस्यो बास, तालिमले जगायो आस (भिडियो खबर)

बाढीले खोस्यो बास, तालिमले जगायो आस (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) निरन्तरको वर्षाका कारण भैरहवा, भलवारी, मणिग्राम, ढवाहा, मर्चवार तथा नवलपरासीको गैडाकोट, परासीबजारलगायत ठाउँ डुबानमा, देवदहस्थित घोडाहा खोला पुल भासियो । 

 

२) देशका अधिकंश पालिकामा कोरोनाविरुद्धको खोप लगाइँदै, पहिलो र दोस्रो मात्राको खोप लगाउन पालिकाले तोके केन्द्र । 


३) ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिकाले १५ भदौदेखि सिकाइ सहजीकरण गर्न पालिकाभरका विद्यालयलाइ परिपत्र गर्‍यो, जोरबिजोर कक्षा सञ्चालन वा अन्य कुनै वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्नुपर्ने । 

 

४) पाल्पाको निस्दी गाउँपालिकाले कार्यालय सहयोगी पदको परीक्षा १९ भदौमा गर्ने सूचना जारी गर्‍यो, परीक्षा बिहान ११ बजेबाट सुरु हुने । 

 

५) दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ३ स्थित निगुरेको धन्येश्वर आधारभूत विद्यालयको भवन निर्माण सम्पन्न, नवनिर्मित भवनको गरियो उद्घाटन । 


६) सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले च्याउ टनेल निर्माणका लागि कृषकलाई प्लास्टिक वितरण गर्ने, इच्छुक कृषकले १५ दिनभित्र पालिकामा निवेदन दिनुपर्ने ।
 

७) बर्दियाको बारबर्दिया नगरपालिकाले ल्यापटप र प्रिन्टर खरिदका लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना जारी गर्‍यो, विद्युतीय खरिद विधिबाट इच्छुकले कागजपत्र पेश गर्नुपर्ने । 


८) मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले शैक्षिक गतिविधि अघि बढाउने, सरोकारवालासँग छलफल सम्पन्न । 


९) कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेपछि धनजनको क्षति, गुलरा नदीले बगाउँदा लम्कीचुहा नगरपालिका-६ का ९५ वर्षीया फुपिया थारुको मृत्यु । 


१०) काभ्रेको नमोबुद्घ नगरपालिकाले विभिन्न सडक निर्माण गर्न विद्युतीय बोलपत्र आह्वानसम्बन्धी सूचना जारी गर्‍यो, विस्तृत विवरणसहितको सूचना कार्यालयको वेबसाइटमा हेर्न सकिने  । 


११) दाङको लमही नगरपालिकाको न्यायिक समितिको आयोजनामा मेलमिलापसम्बन्धी आधारभूत तालिम जारी, तालिम १५ भदौसम्म चल्ने । 

 

१२) रूपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा सदस्य र टोल विकासका प्रतिनिधिलाई अनलाइन प्रणाली र एप्लिकेसनबारे जानकारी दिन सुरु गर्‍यो, कार्यक्रम १८ भदौसम्म सञ्चालन हुने ।

 
१३) काभ्रेको धुलिखेल नगरपालिकाले वडा नम्बर ४, ६ र ९ किसानलाई गड्यौले मल उत्पादनसम्बन्धी तालिम दियो, तालिममा विभिन्न संघसंस्थाको पनि साथ । 

 

१४) सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले कोरोनाविरुद्ध खोपको पूरै डोज नलाएका पर्यटक तथा यात्रुका लागि पिसिआरको नेगेटिभ रिपोर्ट अनिवार्य गर्‍यो, संक्रमणको जोखिम बढेपछि पालिकाले गर्‍यो कडाइ । 


१५) काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले तीन महिने ढाका बुनाइ तालिमा सञ्चालन गर्ने, तालिममा सहभागी हुन इच्छुकले १६ भदौसम्म पालिकामा सम्पर्क गर्नुपर्ने ।