close

लाभग्राहीले परिचयपत्र नवीकरण गर्न भुले, बल्ल विद्यालय खुले (भिडियो खबर)

लाभग्राहीले परिचयपत्र नवीकरण गर्न भुले, बल्ल विद्यालय खुले (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) ललितपुरको महालक्ष्मी नगरपालिकाको आयोजनामा प्रधानाध्यापकका लागि नेतृत्व विकास सम्बन्धी भर्चुअल तालिम जारी, तालिममा ६५ जनाको सहभागिता । 


२) सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाद्वारा सञ्चालित कटकुवा नगर अस्पतालले अक्सिजन उत्पादन सुरु गर्‍यो, चौबिस घण्टामा १५० देखि १७० थान सिलिन्डर भर्न सकिने । 


३) स्याङ्जाको पुतलीबजार नगरपालिकाको आयोजनामा प्राविधिक कर्मचारीका लागि क्षमता विकास सम्बन्धी तालिम जारी, तालिमा १८ भदौमा सकिने । 


४) रूपन्देहीको तिलोत्तमा नगरपालिका प्रविधिमैत्री बन्दै, वडा सदस्य र टोल विकासका प्रतिनिधिलाई अनलाइन प्रणाली र एप्लिकेसनबारे वडा वडामा पुगेर जानकारी दिन थालियो । 


५) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप लगाइँदै, खोप लगाउन पालिकाले तोके केन्द्र । 


६) इलामको माई नगरपालिकाको प्रशासकीय भवन तयार, नवनिर्मित भवनको नगरप्रमुख दिपककुमार थेवेले गरे उद्घाटन । 


७) हुम्लाको सिमकोट गाउँपालिकाका विद्यालय २७ भदौदेखि सञ्चालन हुने, शिक्षा समितिको बैठकले गर्‍यो यस्तो निर्णय । 


८) काभ्रेको बनेपा नगरपालिकाले स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधालाई थप प्रभावकारी बनाउने, गत वर्षको स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय समीक्षा जारी । 


९) रूपन्देहीको बुटवल उपमहानगरपालिकाले ई-रिक्साको व्यवस्थापनको काम अघि बढायो, रिक्साको ब्लुबुक तयार गरि इजाजतका लागि पालिकाले नियामक निकायमा पठायो । 


१०) मोरङको बेलबारी नगरपालिकाले विद्यालय खोल्ने विषयमा सरोकारवाला सँग भर्चुअल माध्यमबाट छलफल गर्‍यो, अब विद्यालय खुल्ने । 


११) नवलपरासीको सुनवल नगरपालिकाले डिजिटल स्वास्थ्य पाश्र्वचित्र तयार गर्‍यो, पाश्र्वचित्रमार्फत वडा अनुसारको विभिन्न जानकारी लिन सकिने ।


१२) कोरोना रोकथाम तथा नियन्त्रणका लागि कपिलवस्तुको शिवराज नगरपालिका सक्रिय, सरोकारवालासँग अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठि सम्पन्न । 


१३) तनहुँको शुक्लागण्डकी नगरपालिकाका विद्यालय खुले, विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन । 


१४) लाभग्राहीलाई सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न पर्साको पर्सागढी नगरपालिकाले सूचना जारी गर्‍यो, २५ भदौभित्र परिचयपत्र नवीकरण गर्नुपर्ने । 

 

१५) सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ५ मा आधारभुत स्वास्थ्य केन्द्रको भवन तयार, नवनिर्मित भवनबाट सेवा दिन थालियो । 


१६) औषधी तथा सर्जिकल सामग्री खरिद गर्न मोरङको रंगेली नगरपालिकाले बोलपत्र आह्वान सम्बन्धी सूचना प्रकाशन गर्‍यो, इच्छुक कम्पनीले कागजात सहित बोलपत्रमा भाग लिनुपर्ने ।


१७) सप्तरीको कञ्चनरूप नगरपालिकाले बजार तथा पोखरी ठेक्का लगाउने, पालिकाले जारी गर्‍यो १५ दिने सूचना । 

 

१८) रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले आयोजना छनौट गरि पठाउन सूचना जारी गर्‍यो, उपभोक्ता समिति गठन गरि २० भदौभित्र स्थानीयले पालिकामा सम्पर्क गर्नुपर्ने । 

 

१९) बाँकेको कोहलपुर नगरपालिकाले ९ जना विद्यार्थीलाई प्राविधिक शिक्षा पढ्न छात्रवृत्ति दिने, एसईई उर्तिण विद्यार्थीले भेरी प्राविधिक शिक्षालयमा १८ भदौसम्म दरखास्त दिनुपर्ने । 

 

२०) सुनसरीको गढी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष शंकरप्रसाद चौधरीको निधनको शोकमा पालिका र मातहतका कार्यालय बन्द ।