close

कटारीमा सम्पर्क कार्यालयबाट हुन्छ काम, कुक तालिम लिन पुतलीबजार जाऔँ (भिडियो खबर)

कटारीमा सम्पर्क कार्यालयबाट हुन्छ काम, कुक तालिम लिन पुतलीबजार जाऔँ (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा महिलाका लागि लेखापढी सम्बन्धी तीन दिने तालिम सुरु,  तालिममा ५० जनाको सहभागिता । 


२) बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ मा रहेको नेपाल राष्ट्रिय माविको नयाँ भवन निर्माण गरिने, भवनको गरियो शिलान्यास ।

 
३)काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले गोकर्ण प्राथमिक अस्पतालमा विशेषज्ञ सेवा सुरु गर्‍यो, नगरवासी उपचारका लागि अन्यत्र जानुनपर्ने । 


४) स्याङ्जाको पुतलीबजार नगरपालिकाले निःशुल्क कुक तालिम सञ्चालन गर्ने, तालिममा सहभागी हुन कक्षा ८ पास गरेका नगरवासीले सात दिन भित्र पालिकामा निवेदन दिनुपर्ने । 


५) काठमाडौंको तारकेश्वर नगरपालिकाका विद्यालय २७ भदौदेखि सञ्चालन हुने, शिक्षा समितिको बैठकले गर्‍यो यस्तो निर्णय । 


६) गाउँपालिका राष्ट्रिय महासंघको आयोजनामा महोत्तरीको बर्दिवासमा स्थानीय सरकारमा सार्वजनिक वित्त व्यस्थापन सवाल, चुनौती र अन्तर सरकार समन्वय विषयक अन्तरक्रिया सम्पन्न, कार्यक्रममा जनप्रतिनिधि लगायतको सहभागिता । 


७) तनहुँको शुक्लागण्डकी नगरपालिकाले पशु शाखा अन्तर्गत चालु वर्षको कार्यक्रमको लागी निवेदन पेश गर्न सूचना जारी गर्‍यो, इच्छुक कृषकहरुले ३० दिन भित्र पालिकामा निवेदन दिनुपर्ने । 


८) बाँकेको नरैनापुर गाउँपालिकाले दलित बस्तीमा शौचालय निर्माण गर्ने, गैरसरकारी संस्थालाई ५० प्रतिशत लागत साझेदारीमा प्रस्ताव पेश गर्न पालिकाले जारी गर्‍यो सूचना । 


९) पाँचथरको फिदिम नगरपालिकाकाे रानीटारमा पक्की कुलो निर्माण थालिएपछि स्थानीय दंग, झण्डै ५ हजार वढि रोपनी जग्गामा सिँचाई सुविधा पुर्‍याउने उद्देश्य ।


१०) डडेलधुराको परशुराम नगरपालिकाले एक जना सूचना प्रविधि अधिकृत करारमा नियुक्त गर्ने, इच्छुकले १५ दिन भित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।

 

११) काठमाडौं महानगरपालिकाका मुख्य चोकका फोहोर अझै उठेन, सडक किनारामा फोहोरको डंगुर अझै उस्तै । 


१२) लाभग्राहीलाई सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्न पर्साको पर्सागढी नगरपालिकाले सूचना जारी गर्‍यो, २५ भदौभित्र परिचयपत्र नविकरण गर्नुपर्ने । 

 

१३) रूपन्देहीको बुटवल उपमहानगरपालिकाले भाषा, साहित्य, कला संस्कृति प्रतिष्ठानका अध्यक्ष झपेन्द्रबहादुर जिसीलाई शपथ ग्रहण गरायो, प्रतिष्ठानले अब आफ्ना गतिविधि सञ्चालन गर्ने । 


१४) प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि चालु वर्ष कार्यक्रम सञ्चालन हुने,  कार्यक्रममा सहभागी हुने कृषक फार्म तथा कृषकले १८ असोजसम्म पालिकामा निवेदन दिनुपर्ने 


१५) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले २२ भदौमा कोरोना महामारीमा शिक्षाका सवाल र स्थानीय सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, नगर क्षेत्रका विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई कार्यक्रममा सहभागी हुन पालिकाले जारी गर्‍यो सूचना ।


१६) काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर २ को कार्यालयले उपभोक्ता समिति गठन प्रक्रिया लगायतका वारेमा स्थानीयलाई जानकारी दियो, विकास निर्माणका काम गुणस्तरीय हुने वडाको अपेक्षा ।


१७) सप्तरीको राजविराज नगरपालिकाका विद्यालयले पनि भौतिक रुपमै पठनपाठन सञ्चालन गरे, विद्यालयले स्वास्थ्य मापदण्ड पालना गनुपर्ने ।


१८) पहाडी वडा पायक हुने गरी उदयपुरको कटारी नगरपालिकाले खोल्यो सम्पर्क कार्यालय, वडा नम्बर ११ को कार्यालयबाट पाँच जना कर्माचारीले सेवा दिने । 


१९) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप लगाइँदै, खोप लगाउन पालिकाले तोके केन्द्र । 


२०) सोलुखूम्बुको सोलुदूधकुण्ड नगरपालिकाका विद्यालय सञ्चालनमा आए, विद्यालयमै गएर पढ्न पाउँदा विद्यार्थी दंग ।