close

पालिकामा दिनभरः रामेछापका महिलालाई पालिकाको टेवा, नाम्खामा आँखा अस्पतालको सेवा (भिडियो खबर)

पालिकामा दिनभरः रामेछापका महिलालाई पालिकाको टेवा, नाम्खामा आँखा अस्पतालको सेवा (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को नवनिर्मित वडा कार्यालय भवनबाट सेवा दिन थालियो, सेवाग्राहीलाई सहज ।


२) ललितपुरको महालक्ष्मी नगरपालिकाले चालू वर्ष कृषि पकेट कार्यक्रम सञ्चालन गर्ने, कार्यक्रममा सहभागी हुने फार्म तथा कृषकले १५ दिनभित्र पालिकामा निवेदन दिनुपर्ने ।


३) गत वैशाखदेखि बन्द भएका स्याङ्जाको गल्याङ नगरपालिकाका विद्यालय २७ भदौदेखि सञ्चालनमा आउने, भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्ने पालिकाको निर्णय ।


४) सर्लाहीको ईश्वरपुर नगरपालिकाले स्थानीय बजारहरुबाट राजस्व संकलन गर्न  दरभाउपत्र आह्वानको सूचना जारी गर्‍यो, इच्छुक व्यक्ति तथा फर्मले सात दिनभित्र पालिकाबाट दरभाउपत्र फारम खरिद गर्नुपर्ने ।


५) हुम्लाको नाम्खा गाउँपालिकामा काठमाडौंको तिलगंगा आँखा अस्पतालको सहयोगमा आँखा उपचार केन्द्र स्थापना हुने, अस्पताल र पालिकाबीच सम्झौता ।


६) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकाले ७७औं नगर कार्यपालिका बैठकले गरेका निर्णय सार्वजनिक गर्‍यो, १ असोजदेखि विद्यालय खोल्नेलगायतका निर्णय ।


७) काठमाडौं महानगरपालिकाले वडा १२ मा बन्दे फल्चा निर्माण गर्ने, फल्चा आउँदो दुई महिनाभित्र सम्पन्न गर्ने पालिकाको लक्ष्य ।


८) रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा बिक्रीसम्बन्धी बोलपत्र आह्वानको सूचना जारी गर्‍यो, इच्छुक कम्पनीले ३० दिन भित्र बोलपत्रमा भाग लिनुपर्ने ।


९) काठमाडौंको चन्द्रागिरि नगरपालिकाले प्राथमिक अस्पताल थानकोटमा विभिन्न पदका लागि विज्ञापन खुलायो, इच्छुकले पालिकामा दरखास्त बुझाउनुपर्ने ।

 

१०) ललितपुर महानगरपालिकाको पाटन दरबार क्षेत्रमा अवस्थित पाटन संग्रहालय खुल्यो, बिहान १० देखि साँझ ४ः४५ बजेसम्म संग्रहालय अवलोकन गर्न पाइने ।


११) विद्यालयको लेखा परीक्षण गर्न इच्छुक लेखा परीक्षकलाई सूचीकृत हुन संखुवासभाको धर्मदेवी नगरपालिकाले जारी गर्‍यो सूचना, इच्छुकले १५ दिनभित्र पालिकाका निवेदन दिनुपर्ने ।


१२) रामेछाप नगरपालिकाले २० जना महिलालाई ड्राइभिङ तालिम दिने, मौखिक परीक्षामा छनोट हुनेहरूको नाम पालिकाले सार्वजनिक गर्‍यो, तालिम २८ भदौदेखि सञ्चालन हुने ।


१३) बाजुराको जगन्नाथ गाउँपालिकाले ३ जना स्वयंसेवक शिक्षकका लागि विज्ञापन खुलायो, इच्छुकले ७ असोजसम्म दरखास्त बुझाउनुपर्ने ।


१४) नेपाली कांग्रेसका नेताहरूले काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडा सदस्य निरज सत्यालको उपचारका लागि साढे ६ लाख रुपैयाँभन्दा बढी रकम हस्तान्तरण गरे, सत्याल क्यान्सर रोगबाट पीडित । 

 

१५) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप लगाइँदै, खोप लगाउन पालिकाले तोके केन्द्र ।