close

पालिकामा दिनभरः शहिदनगरलाई एमबीबीएस डाक्टर चाहियो, पालिकामै बल्ल खोप लगाउन पाइयो (भिडियो खबर)

पालिकामा दिनभरः शहिदनगरलाई एमबीबीएस डाक्टर चाहियो, पालिकामै बल्ल खोप लगाउन पाइयो (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) कैलालीको घोडाघोडी नगरपालिकाको आयोजनामा समावेशी स्थानीय योजना तर्जुमासम्बन्धी सिकाइ आदानप्रदान कार्यशाला सम्पन्न, कार्यक्रममा जनप्रतिनिधिलगायतको सहभागिता । 


२) हुम्लाको हेल्दुङ साना जलविद्युत् आयोजनाले पाइप मर्मत गर्न एक साता विद्युत् आपूर्ति बन्द गर्‍यो, खार्पुनाथ र सीमकोट गाउँपालिकाका सेवाग्राही अँध्यारोमा बस्न बाध्य । 


३) बैतडीका पाँच स्थानीय तहका विद्यालय खुले, दशरथचन्द, पाटन नगरपालिकासँगै शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सुरु । 


४) काभ्रेको नमोबुद्ध नगरपालिकाले करारमा ३ जना नगर प्रहरी भर्ना गर्न विज्ञापन खुलायो, इच्छुकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त बुझाउनुपर्ने । 


५) कञ्चनपुरको भीमदत्त नगरपालिकाले पालिकाको सटरमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई लकडाउन अवधिको भाडा छुट गर्‍यो, ४८ दिनको भाडा छुट गर्ने पालिकाको निर्णय । 


६) सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ बोल्दे घट्टेखोला क्षेत्रमा जमिन भासियो, ६६ घर उच्च जोखिममा । 


७) ललितपुरको महालक्ष्मी नगरपालिकाले चालू वर्ष कृषि पकेट कार्यक्रम सञ्चालन गर्ने, कार्यक्रममा सहभागी हुने फार्म तथा कृषकले १५ दिनभित्र पालिकामा निवेदन दिनुपर्ने । 


८) झापाको तत्कालीन दमक नगरपञ्चायतका प्रधानपञ्च धनबहादुर श्रेष्ठको निधन, श्रेष्ठको निधनको शोकमा  दमक नगरपालिकाले २७  भदौमा शोक बिदा दिने निर्णय गर्‍यो । 


९) ललितपुर महानगरपालिकाले ७८ जना नगर प्रहरीलाई नेपाल भाषाको प्रशिक्षण दिन सुरु गर्‍यो, प्रशिक्षण ३ असोजसम्म चल्ने । 


१०) २९ भदौबाट विद्यालयमा पठनपाठन नियमित गर्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले मापदण्ड बनायो, २८ गतेभित्र शिक्षक तथा कर्मचारीलाई खोप लगाइसक्ने । 


११) नवलपरासीको बर्दघाट नगरपालिकाले २७ भदौदेखि नगरबासीलाई कोरोनाविरुद्घको खोप लगाउने, पालिकाले तोक्यो खोप केन्द्र । 


१२) मकवानपुरको भीमफेदी गाउँपालिकाले करारमा एक जना रोजगार संयोजक भर्ना गर्ने, योग्यता पुगेका उम्मेदवारले पालिकामा १५ दिनभित्र दरखास्त बुझाउनुपर्ने । 


१३) आधारभूत तालिम लिएका मेलमिलाकर्तालाई सूचीकृत हुन काभ्रेको बेथानचोक गाउँपालिकाले जारी गर्‍यो सूचना, १५ दिनभित्र सूचिकृत र अद्यावधिक गर्नुपर्ने । 


१४) देशभरका ७५३ वटै स्थानीय तहमा विद्युतीय माध्यमबाट वास्तविक समयमा नै भुक्तानी तथा लेखांकन प्रणालीको सुरुआत,  प्रभावकारी सेवा प्रदान गर्न सहज हुने । 


१५) धनुषाको जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिकासँगै सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले चौरचन पर्वको अवसरमा दिए सार्वजनिक बिदा, पालिका र मातहतका कार्यालय बन्द  । 


१६) प्रदेश २ को सर्लाहीको चन्द्रनगर गाउँपालिकाबाट नागरिकता घुम्ती सहयोग केन्द्र अभियानका रूपमा सुरु,  विभिन्न कारणले नागरिकता प्राप्तिबाट वञ्चित रहेकालाई अभियानले सघाउने । 


१७) कपिलवस्तुको विजयनगर गाउँपालिकाले ढुंगा, गिटी र बालुवाको बिक्री कर संकलन गर्न विद्युतीय बोलपत्र आह्वानको सूचना जारी गर्‍यो, इच्छुक कम्पनीले २२ असोजसम्म बोलपत्रमा भाग लिनुपर्ने । 


१८) तनहुँको शुक्लागण्डकी नगरपालिकाले पशु शाखाअन्तर्गत चालू वर्षको कार्यक्रमका लागि निवेदन पेस गर्न सूचना जारी गर्‍यो, इच्छुक कृषकले ३० दिनभित्र पालिकामा निवेदन दिनुपर्ने । 


१९) धनुषाको शहिदनगर नगरपालिकाले एमबीबीएस डाक्टर र ल्याब असिस्टेन्ट करारमा नियुक्त गर्ने, १५ दिनभित्र इच्छुकले पालिकामा दरखास्त बुझाउनुपर्ने ।


२०) उपमहानगर क्षेत्रमा बौलाहा कुकुरको आतंक बढेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठक सम्पन्न, पालिकाले घरपालुवा तथा छाडा छोडिएका कुकुरलाई एन्टी रेबिज भ्याक्सिन लगाउने ।