close

पालिकामा दिनभरः सूर्योदयका गाडीमा जिपिएस जडान, विद्यालय खोल्न पालिकाको अडान (भिडियो खबर)

पालिकामा दिनभरः सूर्योदयका गाडीमा जिपिएस जडान, विद्यालय खोल्न पालिकाको अडान (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) इलामको सूर्योदय नगरपालिकाले आफ्ना सवारीसाधनमा जिपिएस ट्रयाकिङ सिस्टम जडान गर्‍यो, अब कार्यालयमा नै बसेर सवारीसाधनको निगरानी गर्न सकिने । 


२) बर्दियाको बारबर्दिया नगरपालिकाले उच्च शिक्षा अध्ययनका लागि तीन जना विद्यार्थीलाई छात्रवृति दिने, इच्छुक विद्यार्थीले पालिकामा निवेदन दिनुपर्ने । 


३) काठमाडौंको शंखरापुर नगरपालिकाले एक जना उद्यम विकास सहजकर्ता करारमा नियुक्त गर्ने, इच्छुकले ४ असोजभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने । 


४) सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले विद्यार्थीको भौतिक उपस्थितमा पठनपाठन सञ्चालन गर्‍यो, विद्यालय खुलेपछि विद्यार्थी दंग । 


५) झापाको तत्कालीन दमक नगरपञ्चायतका प्रधानपञ्च धनबहादुर श्रेष्ठको निधनको शोकमा दमक नगरपालिकाले दियो शोक बिदा, पालिका र मातहतका कार्यालय बन्द । 


६) कोभिड-१९ व्यवस्थापन केन्द्रले स्थानीय तहलाई कोरोनाको अवस्था हेरेर विद्यालय खोल्न अनुमति दिएपछि मकवानपुरका विद्यालय खुले, १० वटै स्थानीय तहमा रहेका अधिकांश विद्यालयमा पठनपाठन सुरु । 


७) तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नम्बर नम्बर ५ मा आदर्श बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको भवन निर्माण, नवनिर्मित भवनको नगरप्रमुख संजय तुम्वाहाङफेले गरे उद्घाटन । 


८) सुर्खेतको गुर्भाकोट नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बिउ वितरण गर्ने, इच्छुक कृषक तथा कृषि समूहले १० असोजभित्र पालिकामा निवेदन दिनुपर्ने । 


९) नवलपरासीको बर्दघाट नगरपालिकाले नगरबासीलाई कोरोनाविरुद्धको खोप लगाउन थाल्यो, पालिकाले तोक्यो खोप केन्द्र ।


१०) काठमाडौंको तारकेश्वर र बूढानिलकण्ठ नगरपालिकाकाले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरे, शिक्षा समितिको बैठकले गर्‍यो यस्तो निर्णय । 


११) कपिलवस्तुको शिवराज र बाणगंगा नगरपालिकाले अटवारी पर्वको अवसरमा दिए सार्वजनिक बिदा, पालिका र मातहतका कार्यालय बन्द  । 


१२) सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा वडा नम्बर १० जनतासँग मेयर कार्यक्रम सम्पन्न, कार्यक्रममा नगरवासीले राखे विभिन्न गुनासो । 


१३) गत वैशाखदेखि बन्द भएका इलामको देउमाई नगरपालिकाका विद्यालय सञ्चालनमा आउने, भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्ने पालिकाको निर्णय ।


१४) रामेछाप नगरपालिकाले २० जना महिलालाई ड्राइभिङ तालिम दिने, मौखिक परीक्षामा छनोट हुनेहरूको नाम पालिकाले सार्वजनिक गर्‍यो, तालिम २८ भदौदेखि सञ्चालन हुने । 


१५) मोरङको पथरी शनिश्चरे नगरपालिकाले कोरोना संक्रमितसँग घुलमिल भएका व्यक्तिको स्वाब संकलन गरि परीक्षण गर्‍यो, कोरोना रोकथाम तथा नियन्त्रणमा पालिका थप सक्रिय । 


१६) ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्न काठमाडौंको दक्षिणकाली नगरपालिकाले कपडा खरिद गर्ने, पालिकाले सिलबन्दी दरभाउपत्र आह्वानको १५ दिने सूचना जारी गर्‍यो । 


१७) दाङको शान्तिनगर गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा विक्रि वितरणका लागी बोलपत्र आह्वान सम्बन्धी सूचना जारी गर्‍यो, बोलपत्रमा भाग लिन इच्छुक कम्पनीले पालिकामा सम्पर्क गर्नुपर्ने । 


१८) स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीसँग अध्यक्ष कार्यक्रमअन्तर्गत विपन्न विद्यार्थीलाई छात्रवृति उपलब्ध गराउने, ६ असोजसम्म आवेदन दिनुपर्ने । 


१९) नवलपुरको गैंडाकोट नगरपालिका क्षेत्रका विद्यालय २८ भदौदेखि खुल्ने, विद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने । 


२०) बागमती प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामालाई काभ्रेको नमोबुद्ध नगरपालिकाले सम्मान गर्‍यो ।