close

नाम र केन्द्र दुवै फेरबदल गर्ने पालिकाको संख्या २१ पुग्यो

नाम र केन्द्र दुवै फेरबदल गर्ने पालिकाको संख्या २१ पुग्यो

Trulli
ADVERTISEMENT

काठमाडौं– संघीय संरचनाअनुसार स्थानीय तह कार्यान्वयनको ४ वर्षे अवधिमा १९ वटा पालिकाले संघीय सरकारले तय गरिदिएको नाम परिवर्तन गरेका छन् । नाम र केन्द्र दुवै परिवर्तन गर्ने पालिकाको संख्या २१ छ । 

 

पालिकाको नाम र कार्यालय रहेको स्थान परिवर्तनका लागि सम्बन्धित पालिकाको सभाले पारित गरेर प्रदेश हुँदै केन्द्र सरकारमा पठाउनुपर्ने र केन्द्रले अनुमति दिएर राजपत्रमा प्रकाशन भएपछि नाम र केन्द्र औपचारिक रूपमा परिवर्तन हुने कानुनी व्यवस्था छ । 

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म १९ स्थानीय तहको नाम परिवर्तन भएको छ भने ६२ वटा स्थानीय तहका केन्द्र परिवर्तन भएको छ ।


केन्द्र परिवर्तन भएको तथ्यांक भने वडाको केन्द्रसमेत हो । प्रदेश १ का सबैभन्दा बढी पालिकाले नाम परिवर्तन गरेका छन् भने प्रदेश २ का सबैभन्दा कमले परिवर्तनको पहल गरी निर्णय भएको छ ।  प्रदेश १ का ८ वटा पालिकाले नाम मात्र परिवर्तन गर्दा प्रदेश २ को एउटा मात्र पालिकाले नाम परिवर्तन गरेको छ ।
सुदूरपश्चिम प्रदेशका ३ पालिकाको नाम परिवर्तन भएको छ । गण्डकी प्रदेशले ६ वटाको नाम परिवर्तन गर्दा कर्णालीको एउटा मात्र पालिकाको नाम परिवर्तन भएको छ । 

 

नाम र केन्द्र दुवै परिवर्तन गर्नेमा भने प्रदेश १, लुम्बिनी र बागमती अग्रपंक्तिमा छन् । उनीहरूले ४/४ वटा पालिकाको नाम र केन्द्र दुवै परिवर्तन गर्दा गण्डकी र कर्णालीले ३/३ तथा सुदूरपश्चिमले २ र प्रदेश २ ले एउटा पालिकाको नाम र केन्द्र दुवै परिवर्तन गरेका छन् । 

 


क–कसले परिवर्तन गरे पालिकाको नाम ?

 

कालीकोटको कालिका गाउँपालिका
 
परिवर्तित नाम : शुभकालिका गाउँपालिका

 

सल्यानको ढोरचौर गाउँपालिका


परिवर्तित नाम : सिद्धकुमाख गाउँपालिका

 

सल्यानको कुमाखमालिका गाउँपालिका


परिवर्तित नाम : कुमाख गाउँपालिका

 

जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका


परिवर्तित नाम : नलगाड नगरपालिका 

 

मुस्ताङको दोलामे गाउँपालिका


परिवर्तित नाम : लो–घेकर दामोदरकुण्ड गाउँपालिका

 

मनाङको नारफु गाउँपालिका


परिवर्तित नाम : नार्पाभूमि गाउँपालिका 

 

मनाङको नासोङ गाउँपालिका


परिवर्तित नाम : नासोँ गाउँपालिका

 

मनाङको नेस्याङ गाउँपालिका


परिवर्तित नामः मनाङ ङिस्याङ गाउँपालिका 

 

कास्कीको पोखरा लेखनाथ महानगरपालिका


परिवर्तित नामः पोखरा महानगरपालिका

 

नवलपुरको बुङदीकाली गाउँपालिका


परिवर्तित नामः बौदीकाली गाउँपालिका 

 

गोरखाको भीमसेन गाउँपालिका


परिवर्तित नामः भीमसेन थापा गाउँपालिका 

 

मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका


परिवर्तित नामः वारागुङ मुक्तिक्षेत्र गाउँपालिका 

 

गोरखाको सुलिकोट गाउँपालिका


परिवर्तित नामः वारपाक सुलिकोट गाउँपालिका

 

धनकुटाको खाल्सा छिन्ताङ गाउँपालिका


परिवर्तित नामः सहिदभूमि गाउँपालिका 

 

भोजपुरको ट्याके मैयुङ गाउँपालिका


परिवर्तित नामः टेम्केमैयुङ गाउँपालिका 

 

खोटाङको दिप्रुङ गाउँपालिका


परिवर्तित नामः दिप्रुङ चुइचुम्चा गाउँपालिका

 

सोलुखुम्बुको दूधकोशी गाउँपालिका


परिवर्तित नामः माप्या दूधकोसी गाउँपालिका

 

सोलुखुम्बुको दूधकौशिका गाउँपालिका


परिवर्तित नामः थुलुङ दूधकोसी गाउँपालिका

 

सुनसरीको बराह नगरपालिका


परिवर्तित नामः वराहक्षेत्र नगरपालिका

 

सुनसरीको भोक्राहा गाउँपालिका


परिवर्तित नामः भोक्राहा नरसिंह गाउँपालिका


 
ताप्लेजुङको याङबरक गाउँपालिका


परिवर्तित नामः पाथिभरा याङबरक गाउँपालिका

 

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका


परिवर्तित नामः दिक्तेल रुपाकोट मझुवागढी 

 

खोटाङको लामिडाँडा गाउँपालिका


परिवर्तित नामः रावाबेँसी गाउँपालिका 

 

उदयपुरको सुनकोसी गाउँपालिका


परिवर्तित नामः लिम्चुङबुङ गाउँपालिका

 

सुनसरीको हरिनगरा गाउँपालिका


परिवर्तित नामः हरिनगर गाउँपालिका

 

धनुषाको जनकपुर उपमहानगरपालिका


परिवर्तित नामः जनकपुरधाम उपमहानगरपालिका 

 

सप्तरीको बेल्ही चपेना गाउँपालिका


परिवर्तित नाम : राजगढ गाउँपालिका

 

धादिङको नेत्रावती गाउँपालिका


परिवर्तित नाम : नेत्रावती डवजोङ गाउँपालिका

 

रसुवाको पार्वतीकुण्ड गाउँपालिका


परिवर्तित नामः आमाछोदिङमो गाउँपालिका

 

नुवाकोटको मेघाङ गाउँपालिका


परिवर्तित नामः म्यागङ गाउँपालिका

 

रामेछापको लिखु गाउँपालिका


परिवर्तित नामः लिखु तामाकोसी गाउँपालिका

 

रोल्पाको दुईखोली गाउँपालिका 


परिवर्तित नामः परिवर्तन गाउँपालिका 

 

गुल्मीको रुरु गाउँपालिका


परिवर्तित नामः रुरुक्षेत्र गाउँपालिका

 

रोल्पाको सुवर्णावती गाउँपालिका


परिवर्तित नामः सुनिल स्मृति गाउँपालिका 

 

बझाङको काँडा गाउँपालिका


परिवर्तित नामः साइपाल गाउँपालिका

 

बाजुराको छेडेदह गाउँपालिका


परिवर्तित नामः खप्तड छेडेदह गाउँपालिका

 

बाजुराको पाण्डवगुफा गाउँपालिका


परिवर्तित नामः जगन्नाथ गाउँपालिका 

 

डोटीको बोगाटन गाउँपालिका


परिवर्तित नामः बोगाटन फुङसिल गाउँपालिका 

 

बाजुराको स्वामीकार्तिक गाउँपालिका


परिवर्तित नामः स्वामीकार्तिक खापर गाउँपालिका 

 

यस्तै, पालिकाहरूमा गज्जबको संयोग देखिएको छ । नेपाली बोलीचालीको भाषामा सामान्यतया ‘ङ’ अक्षरको उच्चारण कम गरिन्छ । तर, स्थानीय तहको नाममा भने अस्वाभाविक रूपमा ‘ङ’ शब्दको प्रयोग भएको पाइन्छ । कम्तीमा ५० स्थानीय तहको नामकरणमा ‘ङ’ अक्षर प्रयोग भएको छ ।