close

चराको फोटो खिच्न घोडाघोडी जाऔँ, बालबालिका बिरामी भए थिमिको अस्पताल लैजाऔँ (भिडियो खबर)

चराको फोटो खिच्न घोडाघोडी जाऔँ, बालबालिका बिरामी भए थिमिको अस्पताल लैजाऔँ (भिडियो खबर)

ADVERTISEMENT

 

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) मोरङको लेटाङ नगरपालिकाको आयोजनामा सामुदायमा आधारित सहजकर्ताका लागि समावेशी विकास सम्बन्धी तालिम जारी, तालिम ३ मंसिरसम्म चल्ने ।  

 

२) भक्तपुरको चाँगुनारायण नगरपालिकाको आयोजनामा हेल्मेट डाँडामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न, नगरवासीले राखे गुनासा नै गुनासा । 

 

३) दाङको तुलसीपुर उपमहानगरपालिकाले विभिन्न १२ वटा स्थानलाई घुम्नुपर्ने पर्यटकीय क्षेत्रको रुपमा गर्‍यो सूचीकृत, पर्यटकीय क्षेत्रमा लगानी बढाउँदै पालिका । 

 

४) भक्तपुर नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्ति र तिनका संरक्षकका लागि एक महिने हस्तकलाका सामग्री बनाउने तालिम सुरु, पालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्य ।

 

५) मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ मा अवस्थित ज्ञानोदय माविका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द, पठनपाठन प्रभावित । 

 

६) बैतडीको मेलौली नगरपालिकाले वडा नम्बर १ स्थित मेलौली भगवती मन्दिरमा लाग्ने मेलाको अवसरमा दियो दुई दिन सार्वजनिक बिदा, पालिका र मातहतका कार्यालय बन्द । 

 

७) कपिलवस्तुको विजयनगर गाउँपालिकाले एक जना अनमी करारमा नियुक्त गर्ने, इच्छुकले सात दिनभित्र दरखास्त बुझाउनुपर्ने । 


८) दाङको घोराही उपमहानगरपालिकाको आयोजनामा लैंगिक उत्तरदायी बजेट परीक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न, कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागिता । 

 

९) ललितपुर महानगरपालिकाले पालिकावासीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन थाल्यो, समयावधि पुगेका नागरिकलाई ३ मंसिरसम्म खोप लगाइने । 

 

१०) कपिलवस्तुको शिवराज नगरपालिकाले अग्निपीडित व्यवसायीलाई १ लाख २ हजार रुपैयाँ सहयोग गर्ने, पालिकामा ७ मंसिरदेखि हैजाविरुद्धको खोप अभियान पनि सञ्चालन हुने । 

 

११) मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ को चौकीटोलमा सार्वजनिक शौचालय सञ्चालन, शौचालय बनाउन मितेरी टोल विकास संस्थालाई पालिकाको सहयोग । 

 

१२) झापाको भद्रपुर नगरपालिकाले विद्यालयको लेखा परीक्षण गर्ने, इच्छुक लेखा परीक्षकले १७ मंसिरभित्र पालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने । 

 

१३) कैलालीको घोडाघोडी नगरपालिकाले रामसार क्षेत्रमा १६ र १७ मंसिरमा चरा फोटोग्राफी प्रतियोगिता सञ्चालन गर्ने, विजेतालाई ३० हजार रुपैयाँ पुरस्कार दिइने । 

 

१४) सुर्खेतको गुर्भाकोट नगरपालिकाले दुई जना मनोसामाजिक कार्यकर्ता नियुक्त गर्न विज्ञापन खुलायो,  ७ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने । 

 

१५) भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा बालबालिकाको उपचारका लागि आवश्यक पर्ने आइसीयू युनिट सञ्चालनमा ल्यायो, पाँच शय्यामा आइसीयू कक्ष सञ्चालन हुने ।