close

पालिकामा दिनभरः हैजा भगाउन कपिलवस्तुमा खोप सेवा, पचालझरनामा गोठाला भत्ताको टेवा (भिडियो खबर) 

पालिकामा दिनभरः हैजा भगाउन कपिलवस्तुमा खोप सेवा, पचालझरनामा गोठाला भत्ताको टेवा (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) रूपन्देहीको तिलोत्तमा नगरपालिकामा ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण सुरु, पालिकाले हरेक वडामा स्वास्थ्यकर्मी परिचालन गर्‍यो । 


२) पर्वतको पैयुँ गाउँपालिकाले महिलाका लागि २१ मंसिरदेखि एक महिने निःशुल्क लोकसेवा कक्षा सञ्चालन गर्ने, इच्छुकले १० मंसिरसम्म आवेदन दिइसक्नुपर्ने । 

 

३) कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई दियो गोठालो भत्ता, बाख्रापाल्नेलाई एक हजार र भेडासँगै बाख्रा पाल्नेलाई मासिक दुई हजार रुपैयाँका दरले भत्ता वितरण । 

 

४) सुनसरीको दुहवी नगरपालिकाले कृषकलाई अनुदानमा गहुँको बिउ वितरण गर्ने, बिउ लिन  पालिकाको कृषि शाखामा निवेदन दिनुपर्ने । 

 

५) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले एक जना असिस्टेन्ट इन्जिनियर करारमा नियुक्त गर्ने, इच्छुकले १५ दिनभित्र दरखास्त बुझाउनुपर्ने । 

 

६) काभ्रेको नमोबुद्ध नगरपालिकाले कार्तिक शुक्ल पूर्णिमाको अवसरमा दियो सार्वजनिक बिदा, पालिका र मातहतका कार्यालय बन्द । 

 

७) पर्साको वीरगञ्ज महानगरपालिकाले कृषकलाई गहुँको बिउ वितरण गर्न थाल्यो, ५० प्रतिशतमा अनुदानमा बिउ पाउँदा कृषक दंग । 


८) कपिलवस्तुका पाँच पालिकामा फैलिएको हैजा नियन्त्रणमा ल्याउन हैजाविरुद्धको खोप अभियान चलाइने, ५ देखि १२ मंसिरसम्म खोप लगाइने । 

 

९) कात्तिक शुक्ल पूर्णिमाका अवसरमा बाराको करैयामाई र फेटा गाउँपालिकाले दिए सार्वजनिक बिदा,  विभिन्न स्थानमा लागेको मेला भर्न पालिकावासीको घुइँचो । 

 

१०) भक्तपुर नगरपालिकाले महिला तथा युवा लक्षित विभिन्न तालिम १ पुषदेखि सञ्चालन गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा निवेदन दिनुपर्ने । 

 

११) नवलपरासीको बर्दघाट नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्यायो, स्थानीय पाठ्यक्रम लागू गर्ने बर्दघाट बन्यो जिल्लाको पहिलो स्थानीय तह 

 

१२) सुनसरीको बराहक्षेत्र नगरपालिकाले कृषि, दुग्ध र बहुउद्देश्यीय सहकारीलाई सफ्टवेयर जडान गर्न ५० प्रतिशत रकम अनुदान दिने, इच्छुक सहकारीले १५ दिनभित्र पालिकामा निवेदन पेश गर्नुपर्ने । 

 

१३) पाल्पाको निस्दी गाउँपालिकाले साना व्यावसायिक कृषि उत्पादन कार्यक्रमका लागि प्रस्ताव पेश गर्न सूचना जारी, इच्छुक कृषक समूह तथा फार्मले १५ दिनभित्र पालिकामा प्रस्ताव बुझाउनुपर्ने । 

 

१४) सिन्धुलीको कमलामाई नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा मकैको बिउ वितरण गर्ने, बिउ लिन १३ मंसिरसम्म कृषि शाखामा निवेदन दिनुपर्ने । 

 

१५) मोरङको लेटाङ नगरपालिकाको आयोजनामा सामुदायमा आधारित पुनस्र्थापना सहजकर्ताका लागि सञ्चालन गरिएको तीन दिने समावेशी विकास सम्बन्धी तालिम सम्पन्न ।