close

पालिकामा दिनभरः कटहरियाका कृषकलाई क्यान, फलेवासमा अटो किन्न अनुदान (भिडियो खबर) 

पालिकामा दिनभरः कटहरियाका कृषकलाई क्यान, फलेवासमा अटो किन्न अनुदान (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) पाँचथरको कुम्मायक गाउँपालिकामा मालपोत कार्यालयद्वारा घुम्ती शिविर सञ्चालन, ११ मंसिरसम्म शिविर सञ्चालन हुने । 

 

२) डडेलधुराको परशुराम नगरपालिकाको आयोजननामा वडा नम्बर १२ मा महिला स्वास्थ्य स्वयंमसेविकाका लागि पोषण सम्बन्धी दुई दिने तालिम सम्पन्न, अब स्वास्थ्यकर्मीले टोलटोलमा सचेतना फैल्याउने । 


३) सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालय काठमाडौंको सहयोगमा सप्तरीको कञ्चनरूप नगरपालिकामा खानेपानी आयोजना सुरू, अब स्थानीयको घरघरमा खानेपानी पुग्ने । 


४) गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण गर्न इलामको माङसेबुङ गाउँपालिकाले १ जना सुपरिवेक्षक र ४ जना गणक करारमा नियुक्त गर्न विज्ञापन खुलायो, इच्छुकले १५ दिनभित्र दरखास्त बुझाउनुपर्ने । 

 

५) दैलेखको भैरवी गाउँपालिकाले एक जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिएर एमबिबिएस पढाउने, प्रवेश परीक्षा उत्तीर्ण गरेकाले १३ मंसिरभित्र पालिकामा निवेदन दिनुपर्ने । 

 

६) पर्वतको फलेवास नगरपालिकाले स्थानीयलाई अनुदानमा अटो रिक्सा दिने, ७ वटा रिक्स किन्न पालिकाले कूल रकमको ३० प्रतिशत रकम व्यहोर्ने । 


७) बैतडीको पञ्चेश्वर गाउँपालिकाले धुरा मेलाको अवसरमा दियो ९ र १० मंसिरमा सार्वजनिक बिदा, पालिका र मातहतका कार्यालय बन्द हुने । 


८) भोजपुरको रामप्रसादराई गाउँपालिकाले ज्येष्ठ नागरिकलाई परिचयपत्र जारी गर्ने अधिकार वडा सचिवलाई प्रत्यायोजन गर्‍यो, अब ज्येष्ठ नागरिकले वडाबाटै सेवा पाउने । 

 

९) नवलपुरको कावासोती नगरपालिकाद्वारा वडा-वडामा पुगेर कृषकको खेतबारीको माटो परीक्षण, निःशुल्क रूपमा माटो जाँच गर्न पाउँदा कृषक दंग । 

 

१०) ललितपुर महानगरपालिकाले कोरोना विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप शनिबारबाहेक बाँकी सबै दिन लगाउन थाल्यो,  जनस्वास्थ्य शाखा छाबहालमा खोप लगाउने व्यवस्था । 

 

११) घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरू, अभियान अन्तर्गत पालिकाद्वारा विभिन्न कार्यक्रम आयोजना ।

 
१२) मकवानपुरको हेटौंडा उपमहानगरपालिकाद्वारा टोल-टोलमा पक्की सडक निर्माण गर्ने अभियान, वडा नम्बर १३ को पदमपोखरीमा स्लाब ढलानको शिलान्यास । 


१३) काभ्रेको नमोबुद्ध नगरपालिकाले विपन्न वर्गका महिलाका लागि सञ्चालन गरेको ५ दिने सिप विकास तालिम सम्पन्न, महिलाले फालिएका प्लास्टिकबाट विभिन्न उपयोगी सामग्री बनाउने सिके । 

 

१४) रौतहटको कटहरिया नगरपालिकाद्वारा कृषकलाई दुध बोक्ने क्यान प्रदान, ४० जना कृषक लाभान्वित । 

 

१५) कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४ द्वारा कृषकलाई च्याउको बिउ वितरण ।