close

जानकी गाउँपालिकाका सुत्केरीलाई भाले, बझाङका महिलाले समाज परिवर्तन गर्न थाले (भिडियो खबर) 

जानकी गाउँपालिकाका सुत्केरीलाई भाले, बझाङका महिलाले समाज परिवर्तन गर्न थाले (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) पर्साको वीरगञ्ज महानगरपालिकाद्वारा ३२ वटा वडाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण, ३५ रुपैयाँ प्रतिकिलोका दरले ३० मेट्रिक टन बिउ बाँडियो । 

 

२) भोजपुरको रामप्रसादराई गाउँपालिकाको नयाँ भवन निर्माण गरिने, भवनको गरियो शिलान्यास । 

 

३) डडेल्धुराका पाँच स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन हुने, १७ मंसिरदेखि नामावली संकलन सुरु गरिने । 


४) बीमा समिति र काभ्रेको नमोबुद्ध नगरपालिकाबीच बीमासम्बन्धी जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न, कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको सहभागिता । 


५) महोत्तरीको लोहारपट्टी नगरपालिकाद्वारा सामुदायिक विद्यालयलाई माग फारम पेस गर्न सूचना जारीे, शिक्षक, विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताको तलब भत्ता सहितको कागजात पेस गर्नुपर्ने । 


६) सल्यानको शारदा नगरपालिकाद्वारा नगरका स्वास्थ्य चौकीलाई ल्याप्टप र प्रिन्टर हस्तान्तरण, स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि हुने दावी । 

 

७) बाराको बारागढी गाउँपालिकाको घरमै सामाजिक सुरक्षा भत्ता वितरण अभियान सफल बन्दै, बैँक पुगेर रकम झिक्न नसक्ने अतिअशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएका लाभान्वित । 

 

८) म्याग्दीको धवलागिरि गाउँपालिकाले सूचनामुलक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै, म्याग्दी, हाइड्रो इम्पायर र हाइड्रो भिलेज जलविद्युत सञ्चालनबारे लगानीकर्तासँग छलफल हुने । 

 

९) जुम्लाको पातारासी गाउँपालिकाका सात गाउँ छुईगोठमुक्त घोषणा, महिनावारी भएको बेला घरमै बस्नेलाई गाउँपालिकाद्वारा सम्मान । 

 

१०) काभ्रेको पनौती नगरपालिकाको त्रिबेणी क्षेत्रमा लाग्ने १२ बर्षे मकर मेलाको भव्य तयारी गरिँदै, मेलालाई लक्षित गर्दै सरसफाई र पैदल यात्रु सडक निर्माण हुँदै । 

 

११) बझाङको छबिसपाथीभेरा गाउँपालिका–७ का महिला समूहले बदले खोरीगाउँको परिचय, समाज परिवर्तनमा भूमिका खेलेको भन्दै गाउँपालिकाद्वारा नगदसहित पुरस्कृत । 

 

१२. मकवानपुरको थाहा नगरपालिकाले ५० प्रतिशत अनुदानमा फलफूलको बिरुवा वितरण गर्ने, ५ पुसभित्र निवेदन दिन कृषकका लागि सूचना जारी । 

 

१३) कैलालीको जानकी गाउँपालिकाद्वारा गर्भवती र सुत्केरीलाई कुखुराको भाले वितरण,  निःशुल्क रुपमा कुखुरा पाउँदा महिला दंग । 

 

१४) रूपन्देहीको तिलोत्तमा नगरपालिकामा ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण सुरु, पालिकाको हरेक वडामा स्वास्थ्यकर्मी परिचालन । 


१५) बाराको निजगढ नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित जग्गाको नापजाँच सुरु, पहिलो चरणमा वडा नम्बर १, २ र ३ मा जग्गा नापजाँच गरिँदै ।