close

कानेपोखरीमा बन्ध्याकरण गर्ने दम्पतीलाई सम्मान, मिर्चैयाका नगरप्रमुख भए बदनाम (भिडियो खबर)

कानेपोखरीमा बन्ध्याकरण गर्ने दम्पतीलाई सम्मान, मिर्चैयाका नगरप्रमुख भए बदनाम (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) खोटाङको केपिलासगढी गाउँपालिकाले नयाँ भवनबाट सेवा दिन थाल्यो, एक करोड ७६ लाख ५४ हजार रुपैयाँको लागतमा भवन निर्माण । 

 

२) भोजपुर नगरपालिकाले ११ जना किसान सूचिकरण सहजकर्ता करारमा नियुक्त गर्न विज्ञापन खुलायो, सात दिनभित्र दरखास्त बुझाउनुपर्ने । 

 

३) हुम्लाको नाम्खा गाउँपालिकाको लिमी गाउँमा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्न थालियो, ५०२ क्विन्टल खाद्यान्न ढुवानी गरिने 


४) धनकुटाको शहिदभूमि गाउँपालिकाले कृषकलाई अनुदानमा गोलभेडा तथा खुर्सानीको बिउ वितरण गर्ने, बिउ लिन १५ दिनभित्र कृषि शाखामा निवेदन दिनुपर्ने । 


५) उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले वडा नम्बर ३ मा प्रशासकीय भवन निर्माण गर्न थाल्यो, स्थानीयले दिएको जग्गामा तीनतले भवन तयार गरिने ।


६) दाङको घोराही उपमहानगरपालिकाद्वारा चालू आर्थिक वर्षको पहिलो चौमासिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न, कार्यक्रममा जनप्रतिनिधि, कर्मचारीलगायतको सहभागिता । 

 

७) मोरङको कानेपोखरी गाउँपालिकाले छोरी मात्रै जन्माएर बन्ध्याकरण गर्ने दम्पतीलाई सम्मान गर्ने, छोरीहरूको नाममा बाल बचत खाता खोलेर ५ हजार रुपैयाँ खातामा जम्मा गरिदिने । 

 

८) भक्तपुर नगरपालिकाकाको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना, नगरप्रमुख सुनिल प्रजापतिले गरे शाखाको उद्घाटन । 

 

९) रूपन्देहीको तिलोत्तमा नगरपालिकामा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइयो, ४८ हजार पालिकाबासी यसअघि नै खोप लगाइसकेको स्वास्थ्य शाखाको तथ्यांक । 

 

१०) सरकारले वृद्धि गरेको तलब माग गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत बाल विकास शिक्षक र कर्मचारी आन्दोलित, शिक्षा शाखामा तालाबन्दी । 

 

११) पर्वतको मोदी गाउँपालिका ७ नम्बर वडा कार्यालयले व्यक्तिगत घटना दर्ता अनलाईन मार्फत गर्न थाल्यो, सेवाग्राही दंग । 

 

१२) जुम्लाको हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याए, बिरामीलाई अस्पताल पुर्‍याउन सहज हुने । 

 

१३) सिरहाको मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवलाई पक्राउ गर्न सरकारी वकिलको कार्यालयको निर्देशन, ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोप । 


१४) म्याग्दीको रघुगंगा गाउँपालिकाको बेगमा भएको बोलेरो जिप दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाका परिवारलाई पालिकाले आर्थिक सहयोग गर्ने, प्रतिमृतकलाई ५० हजार र घाइतेलाई एक लाख रुपैयाँसम्म सहयोग गर्ने निर्णय ।

 
१५) घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत पालिकाद्वारा विभिन्न कार्यक्रम आयोजना ।