close

काठमाडौं महानगरको बजार अनुगमन 

काठमाडौं महानगरको बजार अनुगमन 

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरले पर्व लक्षित बजार अनुगमनबाट १९ दिनमा ११ फर्मलाई जरिमाना गरिएको जनाएको छ । ६१ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएकामा अनुचित व्यापारिक क्रियाकलाप गर्ने ११ वटालाई मात्रै जरिमाना गरिएको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति संयोजक एवं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले जानकारी दिइन् ।


जरिमानाबाट ४ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको महानगरले बताएको छ । बजार अनुगमनका निरीक्षण अधिकृत हरिबहादुर भण्डारीका अनुसार बजारमा खानेकुरा तयार पार्न प्रयोग गरिने कच्चा वस्तुको गुणस्तरमा सबैभन्दा धेरै समस्या रहेको पाइएको छ ।

 

‘उपभोक्ताको ध्यान तयार भइसकेका खानेकुरा हुन्छ । उपभोक्ताले कच्चा पदार्थमा पहुँच नराख्ने भएकाले हामीले भान्छाको व्यवहार हेर्नुपर्छ,’ निरीक्षण अधिकृत भण्डारीले भने । तिहार पर्वलक्षित मिठाईजन्य व्यवसायमा गुणस्तरको समस्या रहेको र नियमित निगरानी हुनुपर्ने समीक्षा बैठकमा जोड दिइएको थियो ।