close

पालिकामा दिनभरः हलेसीका प्रत्येक टोलमा विद्युतीय मिल, ओमिक्रोनले बढायो विराटनगरलाई पीर (भिडियो खबर)

पालिकामा दिनभरः हलेसीका प्रत्येक टोलमा विद्युतीय मिल, ओमिक्रोनले बढायो विराटनगरलाई पीर (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) रूपन्देहीको तिलोत्तमा, देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकासँगै ओमसतिया र रोहिणी गाउँपालिकाका १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन थालियो, ९० हजारलाई खोप लगाउने लक्ष्य ।

 

२) ३४ औँ विश्व एड्स दिवसको अवसरमा पालिकाद्वारा विभिन्न कार्यक्रम आयोजना, नेपालमा संक्रमणदर ६३ प्रतिशतले घट्यो । 

 

३) तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर ५ स्थित च्याचुल गाउँमा पुग्यो खानेपानी सुविधा, वर्षौदेखि खोला र कुवाको खानेपानी उपयोग गर्दै आएका स्थानीय दंग । 

 

४) दाङको घोराही उपमहानगरपालिकाद्वारा चालू आर्थिक वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न, कार्यक्रममा स्थानीयले राखे गुनासा नै गुनासो ।

 

५) मकवानपुरको मकवानपुरगढी गाउँपालिकाद्वारा कृषि विकास कार्यक्रमका लागि कृषि समूह, सहकारी, फार्म लगायतलाई प्रस्ताव पठाउन सूचना जारी, १५ पुषसम्म प्रस्ताव पठाई सक्नुपर्ने । 

 

६) गोरखा नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि समूह र फार्मलाई मिनिटिलर वितरण गर्ने, ईच्छुकले १८ मंसिरभित्र कृषि शाखामा निवेदन दिनुपर्ने । 

 

७) सरकारले वृद्धि गरेको तलब माग गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत बालविकास शिक्षक र कर्मचारी आन्दोलित, शिक्षा शाखामा तालाबन्दी, कामकाज ठप्प ।

 

८) कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ निकै संक्रामक रहेकोले सुरक्षित रहन माेरङकाे विराटनगर महानगरपालिकाद्वारा  सूचना जारी, विद्यालयमा विद्यार्थीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्न आग्रह ।

 

९) सर्लाहीको पर्सा गाउँपालिकामा १६ वर्षीया किशोरी अञ्जली कुमारी साह बनिन् एक दिने गाउँपालिका अध्यक्ष, शिक्षा क्षेत्रमा भएको समस्याको निराकरण गर्न दिइन् आदेश । 

 

१०) म्याग्दीको रघुगंगा गाउँपालिकाको बेगमा भएको बोलेरो जिप दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाका परिवारलाई पालिकाले आर्थिक सहयोग गर्ने, प्रतिमृतकलाई ५० हजार र घाइतेलाई एक लाख रुपैयाँसम्म सहयोग गर्ने निर्णय । 

 

११) रोल्पाको त्रिवेणी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा मार्‍यो फड्को, सामान्य स्वास्थ्य उपचारका लागि समेत जिल्लाबाहिर जानुपर्ने बाध्यता हट्यो, चिकित्सकसहित उपचार पाउँदा नागरिक दंग । 

 

१२) खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ मङ्गलटारका प्रत्येक टोलमा विद्युतीय कुटानीपिसानी मिल वितरण, स्थानीयलाई सहज । 

 

१३) कीर्तिपुर नगरपालिकाद्वारा नगरका युवालाई सांगीतिक क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले कीर्तिपुर सिंगिङ आइडल-११४२ को आयोजना, प्रथम हुनेले ५० हजार रुपैयाँ पाउने । 

 

१४) बहुउद्देश्यीय फलफूल नर्सरी स्थापना गर्ने स्याङजाको वालिङ नगरपालिकाको तयारी, ७ लाख ५० हजार अनुदान रकम उपलब्ध गराइने भन्दै प्रस्ताव आह्वान ।

 

१५) र, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा सामुदायिक विद्यालय र स्वास्थ्य चौकीमा स्यानेटरी प्याड वितरण ।