close

पालिकामा दिनभरः त्रियुगामा मेयर्स पार्क, डडुवामा शीत भण्डार (भिडियो खबर) 

पालिकामा दिनभरः त्रियुगामा मेयर्स पार्क, डडुवामा शीत भण्डार (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) भक्तपुर नगरपालिका वडा नम्बर १ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना, बिहान सातदेखि दिउँसो तीन बजेसम्म सेवा प्रदान गरिने । 

 

२) कृषकको तरकारी तथा फलफूल राख्न बाँकेको डुडुवा गाउँपालिकाले शीत भण्डार निर्माण गर्ने, भण्डारको क्षमता सात सय मेट्रिक टन हुने । 

 

३) सुनसरीको रामधुनी नगरपालिकाद्वारा आर्थिक वर्ष २०७७/०७८ को सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत, कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागिता । 

 

४) पाल्पाको बगनासकाली गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ, पहिलो चरणमा वडा नम्बर १ का ११ जनाले पाए रोजगारी 

 

५) काभ्रेको नमोबुद्ध नगरपालिकाले आठौँ स्थापना दिवस मनायो, दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना । 

 

६) राष्ट्रिय सूचना आयोगद्वारा सिरहाको धनगढीमाई नगरपालिकामा सूचनाको हक सम्बन्धी अन्तरक्रिया सम्पन्न, कार्यक्रममा जनप्रतिनिधि लगायतको सहभागिता । 

 

७) उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १३ मा मेयर्स पार्क निर्माण गरिने, नगरप्रमुख बलदेव चौधरीले गरे शिलान्यास । 

 

८) काठमाण्डौंको बूढानीलकण्ठ नगरपालिकाले आठौँ स्थापना दिवस मनायो, दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना । 

 

९) पाँचथरको फाल्गुनन्द गाउँपालिकामा ९ जना भाषाविज्ञको रूपमा सूचीकृत, फाल्गुनन्द मातृभाषा शिक्षा लागू गर्ने नेपालकै पहिलो पालिका बन्न सफल । 

 

१०) रूपन्देहीको तिलोत्तमा, देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकासँगै ओमसतिया र रोहिणी गाउँपालिकाका १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन थालियो, ९० हजारलाई खोप लगाउने लक्ष्य । 

 

११)काभ्रेको पनौती नगरपालिकाको मानेदोभान–मुरलीखोला–रानीकोट सडक स्तरोन्नती गरिने, आयोजना सञ्चालन अवधिभर सवारी आवतजावत अवरुद्ध हुने । 

 

१२) ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले कृषकको खेतबारीको माटो निःशुल्क परीक्षण गर्न थाल्यो, गाउँबाहिर माटो पठाउनुपर्ने कृषकको बाध्यता हट्ने । 

 

१३) २२ र २३ मंसिरमा खोटाङका दशवटै स्थानीय तहमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिने, स्वास्थ्य कार्यालयले आवश्यक सामग्रीसहित स्वास्थ्यकर्मी सम्बन्धित स्थानीय तहमा पठाउने । 

 

१४) रामेछापको मन्थली नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै स्थापना दिवस मनायो, पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको प्रतिमा अनावरण ।  

 

१५) पाल्पाको तिनाउ गाउँपालिकाद्वारा शारीरिक अशक्तलाई अपांगता परिचयपत्र वितरण  ।