close

मुलुकभर मतदाता नामावली संकलनको लहर, बागलुङको त्रिभुवन माविमा कोरोनाको कहर (भिडियो खबर) 

मुलुकभर मतदाता नामावली संकलनको लहर, बागलुङको त्रिभुवन माविमा कोरोनाको कहर (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) ६ सय ३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली संकलन सुरु, तोकिएका केन्द्रबाट नामावली दर्ता गराउन सकिने निर्वाचन आयोगद्वारा जानकारी । 

 

२) भोजपुरको अरुण गाउँपालिका वडा नम्बर १ याङपाङको स्वास्थ्य चौकीमा ल्याब सञ्चालन, प्याउली, तुम्लिङ्टार, भोजपुर जानुपर्ने बाध्यताको अन्त्य  । 

 

३) सुदूरपश्चिम प्रदेश सरकारले बेरोजगार युवालाई स्वरोजगार तथा आत्मनिर्भर बन्न उद्यमीशलता तालिम सञ्चालन गर्दै, इच्छुकलाई आवेदन भर्न भन्दै बडीमालिका नगरपालिकाले जारी गर्‍यो सूचना । 

 

४) बालमैत्री नगर घोषणलाई दिगो बनाउन रणनीतिक योजना बुन्दै रूपन्देहीको  तिलोत्तमा नगरपालिका, आउँदो २९ मंसिरमा बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी । 

 

५) पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले आठ जना गणक र एक जना सुपरिवेक्षक करारमा नियुक्त गर्न विज्ञापन खुलायो, इच्छुकले १५ दिनभित्र दरखास्त बुझाउनुपर्ने । 

 

६) बालविवाह न्यूनीकरणका लागि डोटीको दिपायल सिलगढी नगरपालिका सक्रिय, वडा नम्बर ८ को सुनादेवी माध्यमिक विद्यालयका विद्यार्थीबीच बालविवाह न्यूनीकरण गर्न मतदान । 

 

७) खोटाङको केपिलासगढी गाउँपालिकाले किसान सूचिकरण कार्यक्रम अन्तर्गत सात जना सहजकर्ता करारमा नियुक्त गर्ने, इच्छुकले सात दिनभित्र दरखास्त बुझाउनुपर्ने । 

 

८) बागलुङ नगरपालिका वडा नम्बर १३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण, पठनपाठन प्रभावित । 

 

९) खेल महोत्सवमा जुट्यो कपिलवस्तुको शिवराज नगरपालिका, १ देखि ९ पुससम्म विभिन्न खेलकुदका कार्यक्रम हुने । 

 

१०) विवाह पञ्चमीलाई लक्षित गरी धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रमा माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगायो, तीन दिन बजार क्षेत्रमा सरसफाइ अभियान चलाइने ।

 

११) सिन्धुलीको घ्याङलेख गाउँपालिकाले हायुटार चोकमा राख्यो ट्राफिक चिन्ह सहितको बोर्ड, सडक प्रयोगकर्तालाई थप सहज हुने । 

 

१२) भक्तपुर नगरपालिकाद्वारा नेपालमै पहिलो पटक घरदैलो नर्सिङ सेवा सुरु, नगरका १० वटै वडामा नर्स परिचालन । 

 

१३) रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ बालश्रम मुक्त वडा घोषणा, अब पालिकालाई घोषणा गर्ने तयारी । 

 

१४) हलेसीमा लाग्ने बालाचतुर्दशी मेलाको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दियो, सार्वजनिक बिदा, पालिका र मातहतका कार्यालय बन्द । 

 

१५) अपाङ्गता भएका व्यक्तिहरूको ३० औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा पालिकाद्वारा विभिन्न कार्यक्रम आयोजना ।