close

सप्तरीका सामुदायिक विद्यालय अनुगमन

सप्तरीका सामुदायिक विद्यालय अनुगमन

Trulli
ADVERTISEMENT

सप्तरी–सप्तरीका सामुदायिक विद्यालयको अवस्था खस्किँदै गएपछि सरोकारवाला निकायले अनुगमन थालेका छन् । जिल्ला शिक्षा समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादव, शिक्षा समन्वय इकाइ सप्तरीका प्रमुख विजय मण्डललगायतको टोलीद्वारा सप्तरीका दक्षिणी भेगका सामुदायिक विद्यालयमा अनुगमन गरिएको हो ।


सप्तरीको छिन्नमस्ता भूपेन्द्र संस्कृत मावि सखडा, जनता मावि इटहरी विष्णुपुर हाटी, राष्ट्रिय अधारभूत विद्यालय मझौह विष्णुपुर पालिका वडा नम्बर ५ र राप्रावि कोचाबखारीलगायतका विद्यालयको निरीक्षण, अनुगमन गरिएको छ । 


अनुगमनका क्रममा त्यस भेगका सामुदायिक विद्यालयमा केही कमजोरी देखियो टोलीले बताएको छ । कमी–कमजोरी सुधार्ने प्रतिबद्धता विद्यालयका प्रधानाध्यापकबाट व्यक्त भएको समन्वय समितिका सभापति यादवले बताए । अनुगमन तथा निरिक्षण कार्यलाई निरन्तरता दिई अन्य सामुदायिक विद्यालयका समस्या समाधान गरिने उनको भनाइ छ ।