close

पालिकामा दिनभरः सूर्याेदयले डुंगा चलाउने, चाँगुनारायणले लोकसेवा पढाउने (भिडियो खबर)

पालिकामा दिनभरः सूर्याेदयले डुंगा चलाउने, चाँगुनारायणले लोकसेवा पढाउने (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) पर्वतको फलेवास नगरपालिकाको ९ नम्बर वडा कार्यालयले नयाँ भवनबाट सेवा दिन थाल्यो, सेवाग्राहीलाई सहज । 


२) तेह्रथुमको म्याङलुङ नगरपालिकामा ब्रम्हकुमारी राजयोग सेवा समितिको भवन निर्माण गरिने, नगरप्रमुख संजय तुम्वाहाङफेले गरे शिलान्यास । 


३) उदयपुरको बेलका नगरपालिकाद्वारा तीन दिने निःशुल्क आँखा अप्रेसन शिविर सञ्चालन, पालिकावासी लाभान्वित । 


४) भक्तपुरको चाँगुनारायण नगरपालिकाले दलित विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने, इच्छुकले पालिकामा निवेदन दिनुपर्ने । 


५) बैतडीको पाटन नगरपालिकाको भूमेश्वर माविमा अध्ययनरत विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द, पठनपाठन प्रभावित । 

 

६) खोटाङका दशवटै स्थानीय तहमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता । 

 

७) पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले दश जना गणक र एक जना सुपरिवेक्षक करारमा नियुक्त गर्न विज्ञापन खुलायो, इच्छुकले पालिकामा दरखास्त बुझाउनुपर्ने । 

 

८) धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा विवाह पञ्चमीको उत्सव, प्रदेश २ सरकारले दियो सार्वजनिक बिदा । 


९) काभ्रेको धुलिखेल नगरपालिकाले वडा नम्बर १ मा बुद्धपार्क निर्माण गर्ने, पार्कको गरियो शिलान्यास । 

 

१०) इलामको सूर्याेदय नगरपालिकाले अन्तुपोखरीमा डुंगा सञ्चालनमा ल्यायो, अब डुंगा चढेर अन्तु पोखरीको दृश्यावलोकन गर्न सकिने । 


११) नुवाकोटको विदुर नगरपालिकाले ६ जना खेलाडीलाई नगदसहित सम्मान गर्‍यो, १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक विजेता नगरका खेलाडी सम्मानित । 

 

१२) भक्तपुर नगरपालिकाको आयोजनामा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता जारी, २४ मंसिरसम्म प्रतियोगिता सञ्चालन हुने । 

 

१३) स्वास्थ्य कार्यालय काभ्रेको आयोजनामा भुम्लु र चौरीदेउराली गाउँपालिकाका स्वास्थ्यकर्मीलाई खोप सम्बन्धि तालिम प्रदान, तालिम फलदायी भएको स्वास्थ्यकर्मीद्वारा जानकारी । 


१४) म्याग्दीको बेनी नगरपालिकामा जेसिज कप फुटबल प्रतियोगिता सुरु, नगरप्रमुख हरिकुमार श्रेष्ठले गरे उद्घाटन । 

 

१५) घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत पालिकाद्वारा विभिन्न कार्यक्रम आयोजना ।